२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैंकबाट टुक्रे सुन पनि किन्न पाइने

नेपाल राष्ट्र बैंकले किलोभन्दा माथिका मात्र सुन ल्याउन पाउने नीति परिमार्जन गर्दै अब बैंकहरुलाई सय ग्राम, पाँच सय ग्रामका सुनका टुक्रा पनि ल्याउन दिने व्यवस्था गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वाणिज्य बैंकहरुलाई टुक्रे सुन ल्याउन अनुमति दिने निर्णय गरेको हो।

पैसा सकिएपछि राष्ट्र बैंकको आस

कर्जाको बढ्दो माग र निक्षेप संकलनमा आएको सुस्तताले बैंकमा ऋण लगानीका लागि पैसा अभाव खट्किएको छ। निक्षेपको ब्याजदर बढाउँदासमेत रकम संकलन हुन नसकेपछि बैंकहरू नेपाल राष्ट्र बैंकसँग लगानी गर्ने पैसा माग्ने तयारीमा छन्।

सेञ्चुरी बैंक ९ करोड घोटाला प्रकरणका तीन अभियुक्त पक्राउ

धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ। एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो।

एनसिसीमा ४ विकास बैंक गाभिए

नेपाल राष्ट्र बैंकको ३ वर्षदेखिको प्रयासको फलस्वरुप नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेसनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका छन्। एनसिसीले मर्जरपछि आइतबारदेखि नै एकीकृत कारोबार सुरु गर्ने जनाएको छ।

नेपाल बैंकका प्रबन्धक घिमिरेको लडेर मृत्यु

नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धक उमेशचन्द्र घिमिरेको गएराति लडेर मृत्यु भएको छ । गएराति बाथरुममा चिप्लिएर उनी लडेका थिए।

स्पाइस जेटबाट ३ हजार १११ रुपैयाँमा दिल्ली–बैंकक

भारतीय बजेट एयरलाइन्स कम्पनी स्पाइसजेटले क्रिसमस उपलक्ष्यमा अन्तर्राष्ट्रिय रुटमा भाडादर घटाएको छ।

ब्रिक्स बैंकलाई नेपालमा लगानी गराउन आग्रह

नेपाल उद्योग परिसंघको परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने गरी संयन्त्र विकास गर्नुपर्ने बताएका छन्। नेपालका लागि ब्रिक्स समूहका सदस्य देशका राजदूत र परिसंघ प्रबुद्ध परिषद्बीच मंगलबार भएको अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन्।

एनआइडिसीलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गरिने

सरकारले एनआइडिसी डेभलपमेन्ट बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्ने भएको छ । अर्थ मन्त्रालयले सरकारी स्वामित्वको उक्त बैंकलाई पूर्वाधार विकास बैंकमा रूपान्तरण गर्न आन्तरिक तयारी थालेको हो ।

नेपाल बैंक डुबाउने १५५ जना भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पहिलो बैंकिङ कसुर मुद्दा पुनरावेदन, विशेष हँुदै सर्वोच्च पुगेपछि पनि १० वर्ष अल्झिएर बल्ल अन्तिम किनारा लगाएको हो।

२२ औं दिनमा डा.केसीको अनसन अन्त्य, एमबीबीएस शुल्क बैंकमार्फत्

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आमरण अनशनरत डा. गोविन्द केसीले २२ औं दिनमा आफ्नो सत्याग्रह अन्त्य गरेका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा केपी सिंह र त्रिविका उपकुलपति तीर्थ खनियाँको राजीनामा लगायत १० बुँदे माग राखेर अनसनरत उनले भूकम्पपीडित एक बालकको हातबाट जुस पिएर अनसन अन्त्य गरेका हुन्।

लघुवित्तले बैंक लेख्न नपाउने

लघुवित्त विकास बैंकहरुले अब उप्रान्त बैंक लेख्न नपाउने भएका छन्। नयाँ बन्न लागेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा त्यस्तो व्यवस्था गर्न लागिएको हो। संसदको अर्थ समितिले पारित गरेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) मा लघुवित्तले बैंक लेख्न नपाउने व्यवस्था छ।

बैंकका सिइअाेदेखि गुण्डा नाइकेसम्म ठगिए

किस्ट बैंकका तत्कालिन कार्यकारी प्रमुख कमल ज्ञवालीलाई एक पहुँचवाला राजनीतिक दलका नेताको बोली बनाएर फोन आयो। फोन गर्ने व्यक्तिले व्यक्तिगत आवश्यकताका लागि भन्दै केही रकम माग गरे। कारोबार फस्टाउँदै गरेको किस्ट बैंकका कार्यकारी अधिकृत ज्ञवालीले रकम दिए। रकम लिन पुगे ईश्वरीप्रसाद पोखरेल।

प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार न्यौपाने र बोहरालाई

प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ।

बैंकको ‘तिजोरी’बाट ७२ तोला सुनका गहाना चोरी

वीरगन्जको भानुमार्गस्थित कृषि विकास बैंकबाट करिब ४० लाख रुपैयाँ मुल्य बराबरको सुन र चाँदीका गहना गएराती चोरी भएको छ। आइतबार साँझ ताला बन्द गरिएको बैंक सोमबार बिहान खोलिँदा गहना राखिएको ‘तिजोरी’ (सेफ) खोलेर त्यसभित्रको ७२ तोला सुनका र २७ तोला चाँदीका गहना गायब पारिएको देखिएको थियो।

एनबी बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई

नेपाल बंगलादेश बैंक लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री तथा प्रबन्धक नियुक्त गर्ने सम्झौता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्