५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो: प्रम देउवा

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताएका छन्।

अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले राष्ट्रिय नीति बनाउँदै

अमूल्य फाउण्डेशनले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले यस्तो जानकारी दिएका हुन्। उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति बनाउने तयारी थालेको र राष्ट्रिय नीतिको विषयमा एक चरणमा छलफल चलिरहेको पनि बताए।

अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज

‘शौचालय जाँदा लडेर मेरुदण्ड भाँचिएदेखि हास्न सकेको छैन, कम्मरमुनिको अङ्ग चल्दैन, नाच्नु कसरी ? ’ आँखा आँसुले भरियो। उनि, निःशब्द भइन।

घरभरि अशक्त, मनभरि आँधी

बौद्धिक अपाङ्गताबाट गु्रजिरहेका उनीहरुको सुसार र लालनपालनको अभिभारा ६७ वर्षीय उपाध्यायको काँधमा छ। विसं २०५६ तिर उनकी श्रीमती जमुना लडेर गम्भीर घाइते भइन्। उपचारले केही वर्ष थामे पनि टाउकाको भित्री चोट बल्झिँदै गएर पछि बौद्धिक अपाङ्गताको स्थितिमा पुर्‍यायो।

समावेशी शिक्षा नहुँदा अपाङ्गता भएका बालबालिका विद्यालय बाहिरै

‘छोरी हिड्डुल गर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्,’ ओलीले भनिन्, ‘साथीहरुले पढेको देख्दा पढ्न खोज्छे। विद्यालय नजिक छैन।’ उनले केही समय क्षेत्रपुरमा रहेको विद्यालयमा छोरीलाई भर्ना समेत गरिदिएकी थिइन्। तर, यातायातमा समस्या भएपछि विद्यालय लैजान नसकेको उनले बताइन्।

अपाङ्गता व्यक्तिको आवाज कृष्णप्रसाद

प्लान इन्टरनेशनल र नेपालको सहयोगको क्याड नेपाल जुम्लाले सचेतनामुलक, तालिम, गोष्ठी, प्रशिक्षण, अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ। अशक्त र असहाय अपाङ्गता भएका व्यक्तिका लागि राहत र उद्धारका काममा समेत सघाउँदै आएको छ।

अपाङ्गता भएका १० जनालाई स्कुटर

दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपाङ्गता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटर प्रदान गरेको छ। अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेका उनहिरुलाई सो स्कुटर प्रदान गरिएको हो।

काठमाडौँका विभिन्न स्थानमा अपाङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गरिँदै

डिभिजन सडक कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानमा अपङ्गतामैत्री पैदलयात्रु मार्ग निर्माण गर्ने भएको छ।

अपाङ्गता परिचयपत्र वितरण

बन्दाबन्दीका कारण रोकिएको अपाङ्ता परिचयपत्रलाई पोखरा महानगरले वितरण शुरु गरेको छ। महानगरको सामाजिक शाखाद्वारा बिहीबार र शुक्रबार दुई दिनमा ६५ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको स्वाबलम्बी जीवन पद्धति समाजका महासचिव एवं अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य अञ्जना केसीले जानकारी दिए।

अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान

चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।

विभिन्न आन्दोलनका घाइतेलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्रीको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) लाई निर्देशन दिएका छन्।

अपाङ्गता समाजको काँडा होइन: कानूनमन्त्री भण्डारी

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन्।

अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ।

बेलहिया–बुटवलमा अपाङ्गतामैत्री आकाशे पुल

सिद्धार्थ राजमार्ग अन्तर्गतको बेलहियादेखि बुटवलसम्मको ६ लेन सडकमा नौ वटा आकाशे पुल निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी ११ वटा बन्ने क्रममा छन्।

पहेँलो कार्ड बनाएकालाई भत्ता

नेपाल सरकारले हालसम्म रातो र नीलो वर्गको कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकामा गाउँपालिकाले पहेँलो कार्ड पाएका नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्