९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अपाङ्गता भएका १० जनालाई स्कुटर

दैनिक जीवनमा सहजता ल्याउन कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले अपाङ्गता भएका १० जनालाई चार पाङ्ग्रे स्कुटर प्रदान गरेको छ। अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेका उनीहरूलाई सो स्कुटर प्रदान गरिएको हो।

आईतवार गाउँपालिका प्रमुख निसार अहमद खाँ, उप प्रमुख सुधादेबी पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले उनीहरुलाई स्कुटर र साँचो हेलमेट हस्तान्तरण गरेका थिए। स्कुटर टिभिएस कम्पनीको १ सय १० सिसिको रहेको छ। कूल २१ लाख लागतको स्कुटी प्रदान गरिएको प्रमुख खाँले बताए। अघिल्ल्लो आर्थिक वर्ष पनि १० जना अपाङ्गता भएका व्यक्तिलाई पालिकाले स्कुटर प्रदान गरेको थियो।

चालु आर्थिक वर्षकाे लागि पनि १० जना अपाङ्गता भएका व्यक्तिलाई स्कुटर प्रदान गर्न २२ लाख बजेट बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए। सानै उमेरमा पोलियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न नसकेका पालिकाको वडाहरुबाट प्राथमिकताका आधारमा छनौट गरी १० जनालाई स्कुटर प्रदान गरिएको प्रमुख खाँले जानकारी दिए।

‘घिस्रिएर हिँडन पर्दा घरमै सीमत भएका व्यक्तिहरुको दैनिक जीवनकाे सहजताका लागि हामीले उनीहरुलाई स्कुटी दिएका हौ’ उनले भने। स्कुटी पाएर दुःखी जीवन बिताईरहेको उनीहरुको खुसीको लहर आउने उनले बताए। ‘स्कुटीले उनीहरुलाई आउजाउ गर्न मात्र हाेइन अब आफैँलै केही गररे जीवन गुजारा समेत गर्न सक्छन्’ उनले भने।

पालिका उपप्रमुख पाण्डेयले अपांगता भएका व्यक्तिहरुको दुःखी जीवन देखेर नै पालिकाले उनीहरुलाई स्कुटी दिएको बताईन्। स्कुटर पाएर अपांगता भएका व्यक्तिहरु खुसी भएका छन्। उनीहरुले दुःखी जीवनमा स्कुटीले खुसी दिएको बताए। पालिकाको वडा नम्बर ३ गुलरी घर भई रुपन्देहीको तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत अन्जना कुर्मीले स्कुटीले आफूलाई अध्ययनमा निकै सहजता थपेको बताईन्। आधा घन्टा लगाएर दैनिक विद्यालय साईकलमा आउजाउ गर्ने गरेकी उनले अब भने ५ मिनट मै विद्यालय पुग्ने बताईन्। सानैमा पालियोका कारण खुट्टामा समस्या आएर हिँडडुल गर्न गाह्रो परेको उनले बताईन्।  

उनले स्कुटीले आफूलाई माथिल्लो कक्षामा पढन पनि उत्साह थपेको बताईन्। पोलियोका कारण खुट्टा नचल्ने भएपछि समस्यामा परेका पालिका– ६ बासखोर बराहका सुभाषचन्द्र यादवले अब आफूले पनि केही व्यापार गरेर घरलाई सहयोग गर्ने बताए। ‘ खट्टा नचल्दा घरको बोझ बनेर बसेको छु स्कुटीले अब भने केही गर्ने जागर आएको छ ’ उनले भने। 

केरानाको पसल गरेर केही कमाउने उनले बताए। स्कुटी पाएका अधिकांशले आफूहरुले भारतबाट केराना लगायतका सामान ल्लाएर बेच्ने बताएका छन। आफूहरुलाई सीमा नाकामा केही सहुलीय दिन उनीहरुले अपिल गरे। पालिका प्रमुख खाले पनि स्कुटी पाएर केही गर्ने सोच बनाएकाहरुलाई सीमा नाकामा सहुलियत दिनुपर्ने बताए। 

प्रकाशित: २१ भाद्र २०७८ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App