२४ असार २०८१ सोमबार
image/svg+xml

जनै पूर्णिमा र रक्षा सूत्रको महिमा

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धन पनि मान्ने गरिन्छ।

आज जनै पूर्णिमा

वैदिक मान्यताअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ पनि भनिन्छ। वेदोक्त कर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागोलाई ‘ब्रह्मसूत्र’का रूपमा बुझिन्छ। जनैका शिखाहरूमध्ये एउटामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्कोका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ। सो दिन मन्त्रिएका जनै वर्षभरि गरिने धार्मिक कार्यमा लगाउने र पितृपूजा तथा देवपूजनमा चढाउने गरिन्छ। हिन्दु परम्परामा जनैबिना कुनै पनि धार्मिक कार्य सम्पन्न नहुने बताइएको छ।

जनै पूर्णिमा पर्व: तीर्थस्नानमा डोल्पाका देवता

डोल्पामा विगतका वर्षहरु झै यस वर्ष पनि यहाँका देवीदेवताहरुलाई पवित्र धार्मिक तपो भूमिमा तीर्थस्नान गराइएको छ।

घट्यो जनै र क्वाटीको व्यापार

असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाटीको व्यापार धेरै कम भएको बताए। क्वाटी तागत दिने खानेकुरा भएपनि यसको व्यापार यस वर्ष धेरै कम भएको उनको भनाइ छ।

पाँचपोखरीमा जनै पूर्णिमा मेला नलाग्ने

जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष पनि मेला नलाग्ने भएको छ।

जनै पूर्णिमा, रक्षाबन्धन र यज्ञोपवीतसहित मनाइँदै(फोटो फिचर)

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ। आजकै दिन बिहानैदेखि हिन्दू धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गर्ने गर्दछन्। साथै पुरोहितबाट यज्ञोपवीत (जनै) लगाउने र हातमा हाते डोरो (रक्षाबन्धन) बाँध्ने चलन पहाडी जिल्लामा रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्