९ मंसिर २०८१ आइतबार
image/svg+xml

मुसहरबस्तीको अत्यासः धमिलो पानीले धानेकाे जिन्दगी

डेढवर्षे चन्द्रिका सदाय भोकले छटपटिएर चिच्याउँदै छिन् । पाँच वर्षीया दिदी गुडिया दूध चुसाउने बोतलमा कुवाको फोहोर पानी चन्द्रिकाको मुखमा टाँस्दै बालिकाको तलतल कम गर्ने कोसिसमा छिन् । बहिनीको भोकतिर्खा मेटाउन उनीसँग अर्को उपाय छैन । फोहोर पानीले भरिएको बोतल मुखमा छुवाएपछि चन्द्रिका केही बेरसम्म चुप हुन्छिन् तर केही बेरमै फेरि बिच्किँदै जोडले रुन थाल्छिन् ।

मुसहर बस्ती ८० प्रतिशत निर्माण कार्य सम्पन्न, दङ्ग छन् मुसहरहरू

बर्दिवास स्थित मुसहरबस्तीमा निर्माणाधिन एकीकृत नमुना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।  मुसहरवस्तीमा ७२ दिन अघि निर्माण कार्य शुरु भएको र रकेटको गतिमा काम अघि बढाउँदा बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगी सकेको फाउण्डेसनले जनाएको छ ।

मुसहर बस्ती निर्माणका लागि धुर्मुस–सुन्तलीलाई बोष्टनबाट १३ लाख

बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ुधुर्मुस (सुन्तली अभियान सहयोग कार्यक्रमु बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ।

धुर्मुस सुन्तलीको प्रेरणाले मुसहरका बालबालिका विद्यालय जान थाले

हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् ।

धुर्मुस—सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

मुसहर बालवालिकाका लागि आर्थिक सहयोग

सर्लाहीको बबरगंज गढा टोलस्थित मुसहर बस्तीका बाललिकाको अध्ययनका लागि एक मनकारीले आर्थिक सहयोग गरेकी छन्।

नमुना मुसहर बस्तीकाे जग हाल्न शुरू

हास्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य)ले देश बनाउन हिडेका धुर्मुस र सुन्तलीलाई देश विदेशमा रहेका सबै नेपालीले खुलेर सहयोग गरिदिन महजोडीले सबैमा अपिल गरेका छन् ।

धुर्मुस–सुन्तलीद्वारा मुसहर बस्तीको शिलान्यास, वैशाख १ मा हस्तान्तरण गरिने

धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ। फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो।

मुसहर बस्ती बनाउन धुर्मुस पुगे बर्दिबास, नयाँ वर्षमा घर उपहार

हाँस्य कलाकार एवं सामाजसेवी सीताराम कट्टेल(धुर्मुस) मुसहर नमुना बस्ती निर्माणका लागि महोत्तरीको बर्दिबास अाएका छन्। उनी आउने खबरले मंगलबारमुसहर बस्तीका व्यक्तिहरु खुसी थिए। यस मध्ये १०५ वर्षीया जेष्ठ नागरिक मरनी सदा बिहानैदेखि धुर्मुसको बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन्।

मुसहर बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई एकै व्यक्तिले दिए ४० लाख

तेस्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस–सुन्तली फाउण्डेशनलाई एकै व्यक्तिबाट ४० लाख रुपैयाँ सहयोग प्राप्त भएको फाउन्डेशनले जनाएको छ।

मुसहरले पढ्ने भए कलेज

–सुकुम्बासीको जीवन बाँचिरहेको मुसहर समुदायका विद्यार्थी उच्च शिक्षाकालागि कलेज पढ्ने भएका छन्। विभिन्न जिल्लाबाट गतवर्षको प्रवेशिका परीक्षामा उत्तीर्ण गरेको मुसहर समुदायका ९२ जना विद्यार्थीमध्ये ६१ जनालाई उच्च शिक्षा हासिल गर्नकालागि विभिन्न जिल्ला कलेजमा भर्ना गराइएको छ ।

मुसहर, मन र नेता

‘हाम्रा बच्चाहरु स्कुल जाँदैनन्। सरकारले दलितलाई दिने भनेर पढाएको रु ४०० पनि हामीले पाउँँदैनौँ। मास्टरले त तलब भत्ता खान्छ। रक्सी खान्छ, बच्चालाई कहाँ पढाउँछ  त!’ प्रमिला मुसहरले भनिन्। सर्लाहीको बबनगञ्ज ग्राहाटोलको मुसहर बस्तीमा हामी दिउँसो २ बजे पुगेका थियौँ, बच्चाहरु सबै वरिपरि खेलिरहेका थिए। साना बच्चाहरु प्रायः अर्धनग्न र कुपोषित नै थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्