सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत
सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।
सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।
धार्मिक एंव पर्यटकीय रूपले परिचित सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौराती भीमेश्वरको मेला सम्पन्न भएको छ।
स्थानीयवासीको घर नजिकै रहेको मलखाडलमा गाडिएको अवस्थामा शव फेला परेको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा तातोपानी नाकाको विषयमा कस्तो सम्बोधन हुन्छ होला भन्ने आम सिन्धुवासीको चासो थियो।
धार्मिक एवम पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा शुक्रबारदेखि एक महीने स्नानमेला शुरु भएको छ।
एघारजनाको ज्यान जाने गरी भएको बडहरे बस दुर्घटनाका घाइते विभिन्न अस्पतालमा उपचारपछि घर फर्कन थालेका छन्। शनिबारसम्म ८१ घाइते उपचारपछि घर फर्केका छन्। अझै २५ घाइते विभिन्न चार अस्पतालमा उपचाररत छन्।
विनाशकारी भूकम्पले खण्डहर बनेको सिन्धुपाल्चोकका बस्तीहरु सहरउन्मुख बनेका छन्। स्थानीयहरुले सडक पुर्यायर मात्रै घरहरु निर्माण गरेपछि बस्तीको मुहारमा सहरको झल्को देखिन थालेको हो। विनाशपछि विकास हुन्छ भन्ने अवधारणलाई यहाँका बासिन्दाले प्रष्ट पारेका छन्।
सिन्धुपाल्चोक खुला दिसामुक्त ६८ औँ जिल्ला बनेको छ। खानेपानीमन्त्री बीना मगरले सदरमुकाममा आयोजित विशेष समारोहबीच शुक्रबार खुला दिसामूक्त जिल्ला घोषणा गरेकी हुन्।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–१, बाँसखर्ककी दावा तामाङ बिहानै उठेर गलैँचाको धागो तान्दै थिइन्। नुन–चियाको चुस्की लगाउँदै झरीमा बाहिरका कामबाट भन्दा गलैँचाबाट फाइदा भएकाले उनको दिनचर्या यही काममा बित्ने गरेको हो। आम्दानी राम्रै छ। दुई महिनामा एकजोर गलैँचा बुन्छिन्। एक जोरको सबै खर्च कटाएर २० हजार रुपैयाँ आउँछ।
नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिहिबार निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको भोटेचौरस्थित टावर जलाउने असफल प्रयास गरेका छन्। घटनाको बेला प्रहरी गस्तीमा रहेकाले टावर जल्नबाट जोगिएको थियो।
पर्यटन वर्ष सन् २०२० लाई सघाउन बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको स्वरमा सिन्धुपाल्चोकको चिनारी झल्कने गीति बृत्तचित्र सार्वजनिक गरिएको छ।
तिब्बत सीमावर्ती भोटेकोसी गाउँपालिकाको तातोपानीमा निर्माणाधीन १६.२६ मेगावाट क्षमताको लिपिङ खोला हाइड्रोपावरलाई लगानी जुटेको छ। आयोजना निर्माण गरिरहेको हिमरिभरपावर प्रालि र एनएमबी बैंकबीच ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
सिन्धुपाल्चोकको सबैभन्दा कम आन्तरिक आम्दानी रहेको लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ठूला योजनामा मात्र बजेट बिनियोजन गर्ने नीति अघि सारेको छ।
विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन तीव्र गतिमा काम भइरहेको छ।
२०७२ वैशाख १२ गते निम्तिएको बिनासकारी भूकम्पको बिहीबार चार वर्ष पूरा भएको छ। बढी प्रभावित १३ र कम प्रभावित १९ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोक भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको जिल्ला हो। तीन हजार दुई सय ७२ को ज्यान लिएको भूकम्पले ९० प्रतिशतभन्दा बढी घर, संरचना ध्वस्त बनाएको थियो।