४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

तत्काल कुनै पनि परीक्षा स्थगन हुँदैन, हल्लाकाे पछि नलागाैँ : स्वास्थ्य राज्यमन्त्री

सामाजिक संजालमा कोभिड–१९को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा संचालन हुने परीक्षाहरु स्थगन हुन सक्ने र बैकल्पिक विधिबाट परीक्षा लिने सुझाव प्रस्ताव शिक्षा मन्त्रालयमा लाने भनाईलाई लिएर परीक्षा स्थगनको हल्ला चलेपछि उनले आफूले त्यस्तो नभनेको स्पष्ट पारेका हुन्।

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

मनमा कोरोनाको त्रास भए पनि आफ्नो परीक्षा ढिलाइ कारण भविष्य नै अन्योलमा परेकोले भौतिक उपस्थितमै स्वास्थ्य सुरक्षाको मापदन्ड पालना गरेर परीक्षा दिन पाउदा खसी लागेको सुनाए । यति मात्र होइन प्रि–बोर्ड परीक्षाले विर्सेका विषयवस्तुहरू ताजा हुने विद्यार्थीहरूको भनाइ थियो।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन हुने

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ। यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।

एसइई: ८० नम्बरभन्दा बढी दिँदा कारण खुलाउनुपर्ने !

राष्ट्रिय परीक्षा बोर्डले यसपटक माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको मूल्यांकनमा कुनै पनि शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा धेरै अंक दियो भने कारण खुलाउनुपर्ने नियम बोर्डले तय गरेको छ।

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।

एसईई परीक्षा तालिका सार्वजनिक

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ।

एसइई जेठमा, परीक्षा बोर्डले नै लिने

०७७ सालको कक्षा दशको अन्तिम परीक्षा (एसइई) जेठ १३ गतेदेखि हुने तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष चन्द्रमणि पौडेलकोअध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले एसइई परीक्षा जेठ १३ देखि असार २४ गतेसम्म सञ्चालन गरिने तय गरेको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जनाए ।

एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सुरू

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ।

परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीको परीक्षा रद्ध

कक्षा १२ को परीक्षामा सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गएको मंसिरमा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको हो।

कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन्।

एसइईकाे आन्तरिक मूल्यांकन सम्पन्न

लकडाउनका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाएका बैतडीका विद्यार्थीको आन्तरिक मूल्यांकन सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको मूल्यांकन गर्न निर्देशन दिएपछि यहाँका विद्यालयले विद्यार्थीको आन्तरिक मूल्यांकन गरेका हुन्।

कक्षा ११ को परीक्षा पनि विद्यालयबाटै सञ्चालन गर्ने तयारी

कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्