सिल्ड खेलेर फर्किँदै गरेको जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु ९ घाइते
पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका १ सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी लिएर सोही पालिकाको वडा न. ४ स्युरीतर्फ जाँदै गरेको ग १ ज ६६६६ नम्बरको बोलेरो जिप राती १० बजेतिर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

