१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जापानद्वारा विदेशी कामदार भित्र्याउने कानून पारित

कामदारको अभावलाई सहज बनाउनका लागि जापानको संसद्ले शनिबार एउटा कानून पारित गरेको छ। आफ्नो मुख्यनीति परिवर्तन गर्दै विदेशी कामदारलाई जापानमा काम गर्न दिनेबारेको कानुन आलोचनकैबीच शनिबार पारित भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

जाइका नेपालको प्रमुखमा आसाकुमा नियुक्त

जापान सहयोग नियोग (जाइका)ले युमिको आसाकुमालाई नेपाल प्रमुख नियुक्त गरेको छ। आफ्नो कार्यकाल सकिएर फर्कन लागेका वर्तमान प्रमुख जुन साकुमाको स्थानमा उनलाई नियुक्त गरिएको जाइकाले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नेपालमा निर्धक्क लगानी गर्नुस्: परराष्ट्रमन्त्री ज्ञवाली

जापान सरकारको निमन्त्रणामा जापान भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानका नीजि क्षेत्रका लगानीकर्ताहरुलाई र्निधक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

३५ करोड ६० लाख जापानी अनुदान

जापान सरकारले खाद्य सहायता कार्यक्रमअन्तर्गत नेपाललाई ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ।

वैदेशिक लगानीका लागि नेपाल उर्वर : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। नेपालको राजनीतिक स्थायित्वको बारेमा जापान सरकारलाई जानकारी गराउँदै मुलुकको आर्थिक समृद्धिका लागि जापानी लगानीलाई आकर्षण गराउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उनले बताए।

आर्थिक समृद्धिका लागि जापानसँगकाे सम्बन्धलाई प्रगाढ बनाइने : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्।

२१ अर्ब डलरको आइपीओ जारी हुने

जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ।

अब अनलाइनबाटै जापानी भाषा परीक्षा

जापानी भाषाको परीक्षा अबदेखि अनलाइनबाटै लिइने भएको छ। मोग सर्भिस नेपालले स्वदेशमै पहिलोपटक अनलाइनबाट भाषा परीक्षा दिन पाउने व्यवस्था गरेको हो।

जापानले विदेशी कामदार लिने, मन्त्रिपरिषदबाट विधेयक स्वीकृत

विदेशी कामदारलाई जापानमा आकर्षित गर्ने उद्देश्यले जापानको मन्त्रिपरिषदले शुक्रबार नयाँ मस्यौदा विधेयक स्वीकृत गरेको छ। श्रमिक कामदारको अभाव झेलिरहेको जापानले यो विवादास्पद विधेयक स्वीकृत गरेको बताइएको छ।

माया भन्ने चिज यस्तै होः राजकुमारीले शाही उपाधी त्यागिन्

जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई रोजिन् र शाही उपाधी त्यागेकी छिन्। राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन्।

भान्सामा कुटनीति !

कुटनीतिमा नयाँ नयाँ प्रयोग हुने गरेका छन्। जापान र भारतका प्रधानमन्त्रीले यसपालि यस्तै नयाँ प्रयोग गरे। सँगै खाना पकाए र खाए। अनि खुलस्त कुराकानी पनि गरे।

चिनियाँ राष्ट्रपति र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानका प्रधानमन्त्री शिन्जो आबेबीच शुक्रबार भेटवार्ता भएको छ। लामो समयपछि भएको आबेको चीन भ्रमण र उनीहरुको भेटवार्तालाई अन्तर्राष्ट्रिय जगतमा अर्थपूर्ण रुपमा हेरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै मुलुकका कतिपय वस्तुमा करवृद्धि गर्ने घोषणासँगै विश्व बजारमा तनाव उत्पन्न भइरहेको सन्दर्भमा दुई महाशक्ति राष्ट्रका नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको हो।

जापानमा भूकम्प

उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रिक्टर स्केलको भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ बजेर ४ मिनेट जाँदा भूकम्प गएको थियो।

जापानी प्रधानमन्त्री आबे चीन भ्रमणमा

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्य सहित विहिबार तीन दिने चीन भ्रमणका क्रममा बेइजिङ आइपुगेका छन्।

सिन्धुली सडक पुनर्निर्माण गर्न जापानले १ अर्व दिने

जापान सरकारले भूकम्पले क्षति भएको सिन्धुली सडक पुनर्निर्माणका लागि १ अर्व ८ करोड ५०लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्