२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आर्थिक समृद्धिका लागि जापानसँगकाे सम्बन्धलाई प्रगाढ बनाइने : मन्त्री ज्ञवाली

काठमाडाैं - परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। जापान सरकारको निमन्त्रणामा त्यहाँ पुगेका मन्त्री ज्ञवालीले मुलुकको आर्थिक समृद्धीका लागि जापानी लगानीलाई आकर्षण गराउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए।

जापानले यस अघि पनि नेपालको पुर्वाधार निर्माणमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री ज्ञवालीले सोमबार हुने जापान सरकारका परराष्ट्र र कृषी मन्त्रीसंगको भेटघाटमा नेपालको रेल्वे ,सडक , उर्जा ,कृषिको आधुनिकिकरण लगायतका बिषयमा जापान सरकारको सहयोगका लागि छलफल गरिने जानकारी दिए।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल-जापान सिधा हवाइ उडान चाडै शुरुवात हुने जानकारी गराउदै सिधा हवाइ उडानले उल्लेख्य मात्रामा जापानी पर्यटकहरू नेपाल भित्रिनुका साथै जापानी लगानीमा पनि प्रोत्साहन मिल्ने बताए। नेपाल सरकार र जापान सरकारका दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा खाद्य सहायताबारे ३ अर्ब ५० करोड येन बराबरको सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम समेत रहेकाे मन्त्री ज्ञवालीले बताए।

कार्यक्रममा नेपाल जापान संसदीय समुहका सचिव तथा जापान संसदका सदस्य तादाहिको इतोले नेपाल-जापान सम्बन्ध निकै पुरानो र प्रगाढ रहेको उल्लेख गर्दै दुई देशबीच प्राकृतिक प्रकोपका समयमा हुने गरेका सहयोगले त्यसको पुष्टि गरेको धारणा राखे।

प्रकाशित: ३ मंसिर २०७५ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App