१२ मंसिर २०८१ बुधबार
image/svg+xml

डोल्पामा रहेकाे जापानिज चामल मुसाको चारो बन्दै

विगतका वर्षहरुमा चामल लिनको लागि सर्वसाधारणको तँछाड मछाड हुने गरेका डोल्पाका खाद्य डिपोहरुमा आजभोली मानिसहरुको भीडभाड घटेको छ।

जापान एसिया कपको फाइनलमा, इरानका प्रशिक्षकले दिए राजिनामा

एसियाली पावर हाउस जापान एसिया कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। युएईमा सोमबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इरानलाई ३–० ले पराजित गर्दै जापान फाइनलमा पुगेको हो।

चीनसँगको सम्बन्ध प्रगाढ बनाउने आबेको प्रतिबद्धता

जापानका प्रधानमन्त्री सिन्जो आबेले चीनसँग निरन्तर सुधारको क्रममा रहेको दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। उनले चीनको बढ्दो सैनिक गतिविधि र उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको अनिश्चितताका कारण जापानको सैनिक क्षमता सुदृढ गर्न लगानी बढाउँदै लैजानेसमेत बताएका छन्।

कृषि क्षेत्रको विकासमा सहकार्य गर्न जापान इच्छुक

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाले कृषि क्षेत्रको विकासमा नेपालसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। उनले नेपालमा अनुसन्धान र प्रविधिमा आधारित कृषिको विकासका लागि सहयोग गर्न जापान सरकार इच्छुक रहेको बताए।

ओसाकालाई वर्षको पहिलो ग्रान्ड स्लाम

जापानकी नाओमी ओसाकाले चेक रिपब्लिककी पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

कृषि क्षेत्रमा सहयोग गर्न जापान इच्छुक

नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जापानले कृषि क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उक्त इच्छा देखाएको हो।

नेपाल यात्रामा नेत्सुके कला

एउटा गोही र पुतलीको आकारबीच हजारौं गुणा सानो वा ठुलोको भिन्नता हुन्छ। कमिलाको आकारलाई बिर्सेर मानिसलाई पनि कुनै बट्टाभित्र अटाउने आकारमा राख्नु कल्पना बाहिरको कुरा हो। राजधानीको जापानी राजदुतावासमा जापान फाउण्डेसनले आयोजना गरिरहेको ‘नेत्सुके कला प्रदर्शनी’मा यस्तै ठुला आकारका जीवजीवात्मा निकै सुक्ष्म आकारमा सजीव देखिए। काष्ठकलामा सुक्ष्मकलाको नमुनाका रूपमा राखिएको कलामा सुक्ष्मताबाटै पारखीले वृहत अनुभव बटुले।

जापानद्वारा युएई स्तब्ध

जापानका ताकिचिरो तोमियासुको गोल निर्णायक बन्दा सोमबार तीन पटकको एसिया कप विजेता साउदी अरेबिया १–० ले निराश हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। तोमियासुले पहिलो हाफमा गरेको हेड गोल जापानलाई अन्तिम ८ मा स्थान पक्का गर्न पर्याप्त बनेको हो।

मोडालिटी बनिसकेको छैन तर पारदर्शी प्रक्रियाबाट नेपालीहरु जापान जान्छन् : मन्त्री विष्ट

पारदर्शी तथा प्रतिस्पर्धी प्रक्रियाबाट नेपालीलाई जापान रोजगारी दिलाउन दुवै देशका अधिकारी सहमत भएका छन्। जसका लागि दुवै देशका अधिकारी सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ।

शताब्दीसम्मै बाँच्ने कला

हिरोसी मिनोवा जापानको नागासाकी सिटीमा सन् १९५१ को मे महिनामा जन्मिएका हुन् । नागासाकी  विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेपछि जापानका तीन ठूला बैंकहरुमध्ये सुमितोमा मिच्युयी बैंकिङ कर्पोरेसनमा उनले काम थाले । बैंकको एक्सचेन्ज विभागमा निर्देशकसम्म बनेर काम गर्दै जाँदा उनको चाख स्वास्थ्य क्षेत्रमा बढ्दै गयो । नेपालीहरुसँग संगत बढ्दै जाँदा नेपालको स्वास्थ्य र जडिबुटीमा उनको चाख गहिरियो । यसैमा काम गर्ने चाहनाका साथ उनी एकपटक आफैँ नेपाल हेर्न नेपाल आइपुगेका बेला नागरिक परिवारका लागि प्रजु पन्तले गरेको कुराकानी

क्यान्सरसम्बन्धी अत्याधुनिक मेडिकल उपकरण प्रदान

जापान सरकारले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि, ललितपुरलाई ८७ लाख नेपाली रूपैयाँ बराबरको क्यान्सरसम्वन्धि अत्याधुनिक मेडिकल उपकरण प्रदान गरेको छ।

सम्झौता ३९ देशसँग, उडान सात देशमा मात्रै

नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो।

एसिया कप : कतार र जापानको विजयी सुरुआत

कतार र जापानले एसिया कपमा बुधबार आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्। सन् २०२२ को विश्वकप आयोजक कतारले लेबननलाई २–० पराजित गर्दै एसिया कपमा विजयी सुरुआत गर्दा एसियाली महारथी जापानले तुर्कमिनिस्तालाई ३–२ ले पराजित गरेको हो।

जापानी विदेशमन्त्री प्रस्थान

नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो विहिबार फ्रान्सतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री काेनाेबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच बिहीबार (आज) बिहान भेटघाट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रम ओली र विदेशमन्त्री काेनाेबीच भेटघाट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्