४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ् लागेर एक जनाको मृत्यु

प्रहरीका अनुसार गएराति नौ बजेतिर चट्याङले लाग्दा रोल्पा माडिपा ५ सरुवाका स्थानीय बिसमलि दमाईको छोरा २७ वर्षीय ज्वती परियारको मृत्यु भएको हो।

अछाममा चट्याङले लागेर १५ जना घाइते, ७ को अवस्था गम्भीर

सोमबार राति हावाहुरीसंगै आएको चट्याङले लागेर अछाममा १५ जना घाइते भएका छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाको तामकोटका ११ जना र रामारोशन गाउँपालिका ५ सल्लीसैनका ४ जना गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

मकवानपुरमा चट्याङ, एक जना घाइते

आइतबार राति हावाहुरीसँगै परेको चट्याङका कारण मकवानपुरमा एक जना घाइते भएका छन्। राति करिब नौ बजे परेको चट्याङबाट मकवानपुर गढी गाउँपालिका ५ सामरीका १८ बर्षीय निराजन हुमागाईं घाइते भएको प्रहरीले जनाएको छ।

चट्याङले एकको मृत्यु, नौ घाइते

पानीसँगै परेको चट्याङ्ले पाँचथरमा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। शनिबार साँझ चट्याङले फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा १७ वर्षीय भगेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले जानकारी दिए।

चट्याङमा परी ८ घाइते

शनिबार दिउँसो परेको चट्याङमा परेर भक्तपुरमा विद्यार्थीसहित ८ जना घाइते भएका छन्। दिउँसो दुई बजेको समयमा परेको चट्याङले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्फेडाँडामा पिकनिकमा आएका विद्यार्थीसहित कर्मचारीहरु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन्।  इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन्। घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था सामान्य रहेको छ।

चट्याङ लागेर सैनिकसहित दुईको मृत्यु

प्युठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको नौबहिनी गाउँपालिका १ स्याउलिवाङ्गमा गएराती पानीसँगै परेको चट्याङ लागेर स्थानीय दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। शुक्रवार राती १० बजे परेको चट्याङमा परी ३ जना घाइते भएका छन्।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

तनहुँमा शुत्रबार बेलुकी परेको चट्याङ र ट्याक्टरले किचेर दुईको मृत्यु भएको छ। ऋषिङ गाउँपालिका-१ सेताङ्गकि २० वर्षिय मिनामाया थापाको मोवाइल चार्ज गर्ने त्रममा चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागेर ६ जना घाइते

रुकुम (पश्चिम)मा चट्याङ लागेर ६ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका–३, माछिमिका जीतबहादुर ओलीको घरमा चट्याङ पर्दा ४ बालबालिका सहित दुई महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ।

चट्याङ लागेर १ जनाको मृत्यु, दुई घाइते

डडेल्धुरामा चट्याङ लागेर मंगलबार १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन्।

चट्याङले एकको मृत्यु

चट्याङ लागेर सोमबार राति पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१५ जुगेपानीमा १ जनाको मृत्यु भएको छ।

चट्याङको आवाजले बेहोस भएर मृत्यु

चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका( १५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ।

चट्याङले जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ घाइते

बिहीबार बिहान बर्षासँगै परेको चट्याङ लागेर उदयपुरमा जिल्ला समन्वय समिति उपप्रमुखसहित ४ जना घाइते भएका छन्। घाइते हुनेमा उपप्रमुखकै घरका ३ सदस्य छन् भने रौतामाईकी एक युवती रहेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्