विश्व पर्यटन दिवसः ‘लाभ बिनाको पर्यटकीय सिजन’
हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। यो वर्ष ‘रिथिङकिङ टुरिजम’ नाराका साथ मंगलबार दिवस मनाउँदै गर्दा पर्यटन क्षेत्र योपटकको पर्यटकीय सिजनसँग उत्तिसारो खुसी छैन, सिजनको पनि अनूभुत गर्न पाएको छैन। पर्यटन व्यवसायी सबैतिरबाट निराश छन्। कोरोनाले लामो समय थलिएको पर्यटन व्यवसाय अझै माथि उठ्न सकेका छैनन। सिजन सुरु भएको एकमहिना बितिसक्दा पनि विदेशी पाहुना आउने छाँटकाँट नै व्यवसायीले देखेका छैनन।