२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पूर्वअर्थमन्त्रीलाई सफाइ दिन गठबन्धनको दबाब

संसदीय छानबिन विशेष समितिले बुधबारदेखि लेख्न लागेको प्रतिवेदनमा अर्थमन्त्रीलाई दोषी देखाउने वा नदेखाउने भन्ने विषयमा विवाद भएपछि प्रतिवेदन लेखन कार्य प्रभावित भएको छ।

संसदीय छानबिन समितिको बैठक: प्रहरीले दिएको फरेन्सिक रिपोर्ट हेर्दै

बैठकमा अहिले समितिका सदस्यहरुले प्रहरीले दिएको फरेन्सिक रिपोर्ट हेरिरहेका छन्।

संसदीय छानबिन समितिको बैठक: आज सिंहदरबार गेटको फुटेजबारे छलफल गरिने

संसदीय छानबिन विशेष समितिको बैठक आज पनि बस्दै छ। बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्न लागेको हो।

अर्थमन्त्रालयको मुल गेटदेखिका सीसीटीभी फुटेजमाथि अध्ययन सुरु

‘सीसीटीभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने। साथै अर्थ मन्त्रालयका राजश्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सीसीटीभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ। बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थ मन्त्रालयदेखिको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौँ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्