६ आश्विन २०८१ आइतबार
image/svg+xml

ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी

जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट फैसला भएको मध्ये जरिवाना र बिगो गरी कूल ३ करोड ५६ लाख २४ हजार ३ रुपैयाँ असुल हुन बाँकी रहेको छ। यो गत पुस मसान्त सम्मको तथ्याङ्क हो।

कैद सजाय तोकिएकाहरुले साढे एघारसय बढी वर्ष सजाय भुक्तान गर्न बाँकी

ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएहरुले साढे एघारसय बढी बर्ष कैद सजाय भुक्तानी गर्न बाँकी देखिएको छ।

ताप्लेजुङकाे सिडिओको निर्णय: जनप्रतिनिधि नागरिकताको सनाखतमा बस्न नपाउने

ताप्लेजुङको सिडिओको कार्यभार लिएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै चेम्जोङले नागरिकता ऐनमा जनप्रतिनिधिलाई सनाखतमा राखेर नागरिकता प्रमाणपत्र जारी गर्न सक्ने व्यवस्था नरहेको बताएकी हुन्।

सिरिजङ्गाले सुरु गर्‍यो गरिब परिवार परिचयपत्र वितरण

ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिकाले गरिब परिवारको पहिचान गरी परिचयपत्र वितरण गर्न थालेको छ। अति गरिब,मध्यम गरिब र सामान्य गरिब गरी तीन तहको गरिब परिचयपत्र वितरण गर्न थालेको हो।

दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार सहयोग गर्ने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार रुपैंया सम्म सहयोग गर्ने भएको छ।

भीरमा लागेको आगो निभाउन गएका बालक मृत फेला

मिक्वाखोला गाउँपालिका वडा नं ४ दलैंचास्थित एङखरा भीरमा लागेको आगो निभाउने स्थानीय मानिससंगै गएका १५ बर्षिय सुनिल थलङ राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

कर्मचारी मिलन केन्द्र ताप्लेजुङमा सर्वसम्मत नयाँ नेतृत्व

कर्मचारी मिलन केन्द्र ताप्लेजुङको ११ औं साधारणसभा तथा अधिबेशनले सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ।

ताप्लेजुङको पाथीभरा याङवरकमा ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङ यी सामाग्री लिएर सुत्केरी आमासंग साक्षात्कार गर्न हिड्न थालेकी छिन्।

ताप्लेजुङमा यसरी मनाइयो पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवस (फोटोफिचर)

राष्ट्रिसेवा दल (एनसिसी) पूर्व विद्यार्थी सङ्गठनको पाँचौँ स्थापना दिवसका अवसरमा ताप्लेजुङका जनचेतनामूलक कार्यक्रम,सफाई र प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

अब अनुमति बेगर ताप्लेजुङको पाथीभरा क्षेत्रमा ड्रोन उडाउन नपाइने

क्षेत्र विकास समितिले यो जानकारी सबैलाई दिन सार्वजनिक सूचना आवह्वन गरेको छ भने पाथीभरा क्षेत्रका बिभिन्न स्थानमा सार्वजनिक सूचना समेत टाँस गरेको जनाएको छ।

सिरिजङ्गा गोल्डकपको उपाधि सुनाकोटी सिटी फुटबल क्लब काठमाडौंलाई

सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो।

पत्रकार महासंघ ताप्लेजुङले जिल्लाको बृहत्तर विकासका लागि सार्वजनिक बहस सञ्चालन गर्ने

नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको १० औं साधारण सभाले ताप्लेजुङ जिल्लाको बृहत्तर विकासका लागि गर्नुपर्ने कामको प्राथमिकीकरण र सवाल समाधानको मार्ग पहिचान गर्न सार्वजनिक बहस सञ्चालन गर्ने निर्णय गरेको छ।

ताप्लेजुङमा सञ्चालित आँखा शिविरमा १ सय ८ जना आँखाका बिरामीले पाए शल्यक्रिया सेवा

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार ९३ जनाको मोतिया बिन्दुका बिरामी र १५ जनाको साधारण गरी कूल १ सय ४ जनाको आँखाको शल्यक्रिया गरिएको हो।

ताप्लेजुङको याङलीजुङ मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा निष्क्रिय

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत विद्यालय मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्