१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार सहयोग गर्ने

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित तेल्लोक स्पोर्टिङ क्लवले क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई अधिकतम् २० हजार रुपैंया सम्म सहयोग गर्ने भएको छ। क्लवले मासिक रुपमा एकदिन सामाजिक कार्यमा स्वयंसेवी योगदान गर्ने निर्णय पनि लिएको छ।

क्लवको प्रथम अधिवेशन पछि नव निर्वाचित कार्य समितिको पहिलो बैठकले यस्तो निर्णय लिएको अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए। उनका अनुसार क्लवमा आवद्ध परिवारका दीर्घरोगी सदस्यहरुलाई पारिवारिक अवस्थाका आधारमा न्यूनतम् ५ देखि अधिकतम् २० हजार रुपैयाँ सम्म सहयोग गरिने छ। सहयोगको दीर्घकालिन कोष स्थापनाका लागि क्लवले स्थानीय सरकार सहित सबै निकायसंग समन्वय गर्ने भएको छ।

'हामी यो कोषलाई दीर्घकालिन र मजवुत बनाउन सबै निकाय र दाता संस्था तथा व्यक्तिसँग समन्वय गरिरहेका छौं’ क्लवका अध्यक्ष भट्टराईले भने। उनले क्लवका सबै सदस्यहरुको सहभागितामा मासिक रुपमा एकदिन सामाजिक कार्यमा टेवा पुग्ने गरी स्वयंसेवी श्रमदान गर्ने योजना बनाइएको जानकारी दिए। सामाजिक रुपमा गरिने यस्तो योगदानका आधार सहितको कार्ययोजना तयार पार्ने कार्यमा क्लव जुटीरहेको भट्टराईले बताए। खेलकुद क्लवले खेल गतिविधि मात्र गर्ने नभई अन्य सामाजिक काममा समेत योगदान दिन सकिन्छ भन्ने भावबाट प्रेरित भई क्लवले सर्वसम्मतिमा यस्तो निर्णय लिएको समेत उनले बताए।  

प्रकाशित: १५ माघ २०७९ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App