६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङको याङलीजुङ मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तु सेनाद्धारा निष्क्रिय

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत विद्यालय मतदान केन्द्रमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। 

शंकास्पद वस्तु फेला परेको सूचना पाउन साथ नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोली खटिइ गएकोमा नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्क्रिय पारेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) कैलाश राईले मानिसलाई तर्साउने मनशायले रेडबुलको बट्टा भित्र बिष्फोटक पदार्थ भरेर राखिएको अवस्थामा उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पारिएको जानकारी दिए।

प्रकाशित: २ मंसिर २०७९ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App