१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङ अदालतबाट फैसला भएकोमध्ये साढे तीन करोड बढी बिगो , जरिमाना असुल हुन बाँकी

ताप्लेजुङ जिल्ला अदालतबाट फैसला भएकोमध्ये साढे ३ करोड बढी जरिवाना र सरकारी बिगो असुल हुन बाँकी देखिएको छ। जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार अदालतबाट फैसला भएको मध्ये जरिवाना र बिगो गरी कूल ३ करोड ५६ लाख २४ हजार ३ रुपैयाँ असुल हुन बाँकी रहेको छ। यो गत पुस मसान्त सम्मको तथ्याङ्क हो।

कूल ३ करोड ८८ लाख २५ हजार ४ सय १५ रुपैयाँ जरिवाना र बिगो असुल हुनुपर्ने गरी अदालतबाट फैसला भएकोमा चालू आवको पुस मसान्त सम्म ३२ लाख १ हजार ४ सय १२ रुपैयाँ मात्र असुल भएको छ।

 अदालतका अनुसार २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवाना गरी १ करोड ८१ लाख ४२ हजार ८ सय २६ रुपैयाँ असुल गर्न रहेको थियो। यसै गरी २०७५ साउन देखि २०७९ असार सम्मको बिगो र जरिवाना थप भए ३ करोड ८८ लाख २५ हजार २५ हजार ४ सय १५ रुपैंया पुग्यो। अदालतले २०६५ साउन देखि २०७५ असार सम्मको बिगो र जरिवानामध्ये १ लाख ३१ हजार २५ रुपैयाँ तथा २०७५ साउन देखि २०७९ असार सम्मको ९ लाख ९५ हजार ८ सय ३६ रुपैयाँ ५५ पैसा असुल ग¥यो। 

चालू आर्थिक बर्ष २०७९।०८० को लगतबाट २० लाख ७४ हजार ५ सय ५० रुपैयाँ असुल भएको अदालतले जनाएको छ। अदालतले चालू आवमा कायम भएको बिगो र जरिमानामध्ये १ लाख ७ हजार रुपैंया असुल हुन बाँकी रहेको छ। यो सहित अब २०६५ साउन देखि २०७५ असार सम्मको १ करोड ८० लाख ११ हजार ८ सय १ रुपैयाँ र १ करोड ७५ लाख ५ हजार २ सय २ रुपैयाँ ५० पैसा बिगो र जरिमाना असुल हुन बाँकी देखिएको छ। 

प्रकाशित: २ फाल्गुन २०७९ ०८:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App