हराएका नागरिक खोज्दै कोरियाका राजदूत हिमपहिरो स्थलमा
अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा हिमपहिरोमा परेर आफ्ना चार जना नागरिक हराएको भन्दै नेपालस्थित कोरियाली दूतावासले चिन्ता व्यक्त गरेको छ। बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिकसहितको टोली सोमबार हेलिकप्टरबाट घटनास्थल निरीक्षणमा पुगेको हो।