दुईवटा होटल धान्दै सुखद कृषि फार्म
प्रायः होटल सञ्चालकलाई चिन्ता हुन्छ– ताजा तरकारी र मासुको। कहाँबाट ल्याउने, ताजा हो/होइन, विषादीयुक्त हो कि ! भनेर पटकपटक सोच्न बाध्य बनाउँछ र दैनिक डो-याउँछ तरकारी पसलले।
प्रायः होटल सञ्चालकलाई चिन्ता हुन्छ– ताजा तरकारी र मासुको। कहाँबाट ल्याउने, ताजा हो/होइन, विषादीयुक्त हो कि ! भनेर पटकपटक सोच्न बाध्य बनाउँछ र दैनिक डो-याउँछ तरकारी पसलले।
शुक्लागण्डकी नगरपालिकाको पाँचौ नगरसभाले आगामी आर्थिक बर्षको लागी शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिँदै ८५ करोड ६८ लाख १२ हजार ८ सय ७५ रुपैयाँको बजेट पारित गरेको छ। नगरसभाले पारित गरेको बजेट मंगलबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएको हो।
गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष देवमान हिराचनले ‘अर्गानिक कृषि अभियान’ सञ्चालन गरेका छन्। जापानमा साढे चार दशक बिताएका हिराचनले स्वदेशमा कृषि उत्पादन वृद्धिसहित विषादीरहित तरकारी उत्पादन अभियानमा लागेका हुन्।
जिल्लास्थित हरिवन नगरपालिका ८ नं वडा कार्यालयले कृषक समूहलाई १० वटा कृषि उपकरण प्रदान गरेका छन्। वडा कार्यालयले १० वटा कृषक समूहलाई धान तथा मकै गोड्न र झार काट्न प्रयोग गरिने आधुनिक कृषि उपकरण प्रदान गरेको हो
बैंकिङ कसुरमा कृषि विकास बैंकका कर्मचारीनै संलग्न रहेको फेला परेको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जाजरकाेटका ५० बढी सुन्तलाका बोट लगाएका किसानलाई प्रोत्साहनस्वरुप अनुदान रकम वितरण गरेको हो।
कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले तत्काल मन्त्रिमण्डल परिवर्तन नहुने बताएका छन्। उनले मन्त्रीहरू हेरफेर हुने भनेर अनावश्यक हल्ला फैलाइएको बताए।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेका छन्।
कृषिलाई यान्त्रिकीकरणमा लैजान धान रोप्नका लागि प्रविधिको प्रयोग गरिएको छ। भरतपुर महानगरपालिका वडा २६ दिव्यनगरका कृषकले धान रोप्नका लागि मेसिनको प्रयोग गरेका हुन्।
बाख्राविज्ञहरूको एशिया क्षेत्रीय सम्मेलन आगामी कात्तिक ३ देखि ६ गतेसम्म रामपुरमा हुने भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो।
त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमण गरी कृषि तथा वनविज्ञान विश्वविद्यालयले भवन निर्माण गर्न खोजेको त्रिविले आरोप लगाएको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिविले आफ्नाे जग्गा भवन निर्माण गर्न लागेकाे आरोप लगाएकाे हाे।
मुलुकभर समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम भएको छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार गत वर्षको तुलनामा साढे तीन प्रतिशत कम रोपाइँ भएको हो।
कृषि ज्ञान केन्द्र नुवाकोटमा आएको अधिंकाश कार्यक्रम सञ्चालन हुन नसक्दा ६० प्रतिशत बजेट फिर्ता भएको छ। कार्यालयमा आएको १० करोड बजेटमध्ये चार करोड मात्रै खर्च भएको छ। ६ करोड फिर्ता जाने अवस्थामा छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामै भ्रष्टाचार भएको खुलेको छ। परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमै साढे १२ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट पुष्टि भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालत मुद्दा दर्ता गरेको छ। बिहिबार आरोपितलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दर्ता गरिएको हो।