१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

प्रेस स्वतन्त्रता हननविरुद्ध महासंघको प्रदर्शन

नेपाल पत्रकार महासंघले पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीसहित सातै प्रदेशमा प्रदर्शन गरेको छ।

इरानमा महङ्गी विरुद्ध प्रदर्शन

इरानमा गएका केही दिन यतादेखि विपक्षीहरुले विरोध प्रदर्शन जारी राखेका छन्। उनीहरुले सरकारले गत हप्ता पेट्रोलको मूल्यवृद्धिको घोषणा गरेपछि त्यसकोे विरोधमा प्रदर्शन सुरु गरेका हुन्। त्यस विरोध प्रदर्शनका क्रममा केही कैयौँ प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीमा अतिक्रमणविरुद्ध बुटवलमा क्रान्तिकारीको प्रदर्शन

नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ।

ज्यान गुमाउनेको संख्या २३ पुग्यो

चिलीमा जारी हिंसात्मक प्रदर्शनका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ। चिलीमा पाँच सातादेखि सरकारविरोधी प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका कारण देशको अवस्था दिनप्रति दिन बिग्रदै गएको छ र देशका विभिन्न सहरमा लुटपाटसमेत भएका खबर बाहिरिएका छन्।

अनित्य दर्शन

अनित्य एउटा सत्य हो र यसलाई स्विकार्नुको विकल्प छैन। बौद्ध दर्शनअनुसार नित्य वा शाश्वतवाद मिथ्यादृष्टि हो। मिथ्यादृष्टि हुन्जेल अनित्यतालाई आत्मसात् गर्न सकिन्न र त्यसको नियति भवचक्रमा पिल्सिरहनु हुन्छ, जुन आफैँमा दुःख हो।

बौद्ध दर्शनबारे बहस

बौद्ध दर्शन के हो? अन्तर्राष्ट्रिय जगतमा यस दर्शनको प्रभाव कस्तो रहेको छ? यसबारे बिहिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा बहस गरिएको छ। प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो।

सीमा अतिक्रमणको विरोधमा निरन्तर प्रदर्शन

‘कालापानी हाम्रो हो’, ‘हाम्रो भूमि फिर्ता गर्’, ‘सीमा मिच्न बन्द गर्’...। यी र यस्ता नारा लेखिएका प्लेकार्ड बोकेर कलेज पोसाकमै विद्यार्थीहरू बुधबार धनगढीको सडकमा निस्किए। उनीहरूले मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालयको गेटअगाडि पुगेर केही समय नाराबाजी गरे।

मन्दिरअघि फोहोर थुप्रिँदा दर्शनार्थीलाई सास्ती

गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारास्थित मन्दिरअघि फोहोर थुप्रिएको साताभन्दा बढी भइसक्यो। तर, यसको व्यवस्थापनमा सरोकारवाला निकायले चासो दिएको छैन। जसका कारण मन्दिर दर्शन गर्न आउनेहरू नाक थुनेर हिँड्न बाध्य छन्।

दुई रूपैयाँमै पुस्तक

प्रदर्शनीका सहव्यवस्थापक महेश्वर थापा मगरले मेलामा दुईदेखि १४ सय रूपैयाँसम्मका पुस्तक राखिएको जानकारी दिए। प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको प्रदर्शनीमा धर्म, दर्शन, इतिहास र अनुसन्धानमा आधारित पुस्तक राखिएका छन्।

घेराबन्दीमा परेका प्रदर्शनकारी डोरी प्रयोग गरेर भागे

हङकङ प्रहरीले आइतबार राति १० बजेभित्रै पोलिटेक्निक विश्वविद्यालय हाताभित्र रहेका प्रदर्शनकारीलाई सो क्षेत्र छोड्न चेतावनी जारी गरेको थियो। दिइएको समयभित्र पनि प्रदर्शनकारीले विश्वविद्यालय नछोडेपछि प्रहरीले उनीहरु लक्षित कारबाही सुरु गरेको थियो।

कैयौं प्रदर्शनकारी विश्वविद्यालय हाताबाटै पक्राउ

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले हङकङमा चाँडै नै हिंसा अन्त्य भएको हेर्न बेइजिङ इच्छुक रहेको बताउँदै सार्थक राजनीतिक वार्तामा जोड दिएका छन्।

ब्याटिङमा फेरि कमजोर

ब्याटिङमा पुनः एक पटक कमजोर प्रदर्शन दोहो-याएसँगै नेपालले सोमबार एसिसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा बंगलादेशलाई ८ विकेटको नतिजा सुम्पिएको छ।

प्रदर्शनकारीले प्रहार गरेको तीर लागेर प्रहरी घाइते

हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शनमा आन्दोलनकारीले प्रहार गरेको तीर लागेर एक प्रहरी अधिकारी घाइते भएका छन्।

प्रदर्शनको क्रममा चालिस पक्राउ

इरान सरकारले पेट्रोलको मूल्यवृद्धि गर्ने घोषणा गरेको विरोधमा भएको प्रदर्शनका क्रममा आइतबार ४० व्यक्ति पक्राउ परेका छन्। इरानी समाचार संस्था इस्नाले जनाए अनुसार शनिबार भएको विरोध प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ।

तथागत अर्थात् गौतम बुद्ध

गौतम बुद्ध (इ.पू.५६३–४८३) लाई अनेक नामबाट सम्बोधन गरिन्छ। कतिले ‘बुद्ध’ वा ‘भगवान्’, कतिपयले ‘भगवान् बुद्ध’ त कतिले ‘शाक्यमुनि’ वा ‘शाक्यमुनि बुद्ध’ भनी सम्बोधन गरेको पाइन्छ। यसरी नै दशवल, विनायक आदि शब्दले पनि सम्बोधन गरिएको भेटिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्