२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

योगफल जिन्दगीको

निराशाहरू छोडिरहें ऊ आशाहरू तोडिरहन्छ डगरमा फूलहरू रोपिरहें ऊ सिसाहरू फोडिरहन्छ जिन्दगीलाई अभ्यास भन्न मन छ घरिघरि योगफल बिग्रिरहन्छ।

जिज्ञासा

अनि पो रामप्यारीलाई झट्टै याद आयो र सोच्न थाल्यो हैन, ‘सधैं बजार जाँदा त हल्काफुल्का साधरण लाएर जानुहुन्थ्यो। आज त पूरै कोट–पायन्ट लाएर ठाँटिएर पो गाको छन् त?’

मलेवा

जाडोमा घाम ताप्न नजान्ने वर्षामा घुम तानेर ओढ्न नजान्ने नयाँ कालिदास मलेवाले बिस्कुन सखाप पारिसक्दा पनि मलेवा धपाउने होस छैन– ज्ञान छैन – सबै थोक भए पनि दास मानसिकता भएको मनमुटुमा आँट पटक्कै छैन।

सपनाको घर

मेरो सपनाको घर खुट्टा पलाएर क्षितिजभन्दा पारि ढकमक्क फुली बसाइँ सरेका छन् अचेल सम्झनाको डोली चढेर चातकले ढुंगामाथि पानी देखे जस्तै सपनाको घरलाई टोलाउँदै छु म खुट्टामाथि थकाइको चिउँडो अडाएर नियाल्दारहेछन् मलाई पनि।

माल पुरानै हो मात्र मोल फेरिएको हो

किन आउँछौ उसलाई भेट्न गाउँमा, उसको त शहरतिर टोल फेरिएको हो। किन बिना अर्थ भ्रममा पर्छौ ब्राण्डमा, माल पुरानै हो मात्र मोल फेरिएको हो।

अचेल बुढेसकालको जवानी खराब हुन्छ

घाम खराब हुन्छ कहिले पानी खराब हुन्छ, भलाद्मी लाग्ने कसैको बानी खराब हुन्छ। टोल्हाएर असम्भव सपना नदेख्नु कहिल्यै, अचेल बुढेसकालको जवानी खराब हुन्छ।

मुटुमा प्वाल पारेर गए

एक हुल यादहरू आए कानमा साउती मारेर गए, गहभरि आँसु भयो गम्भीर भएँ प्रश्न गरें टारेर गए। अतीत, विद्यमान र सुन्दर भविष्य केलाउँदै गर्दा, आशाको त्यान्द्रो छिनाए मुटुमा प्वाल पारेर गए।

काग

असल प्राणी भनिने हामी मान्छेले अरूको भाग खोसीखोसी आफू खान्छौं। अझ पेट भरिएन भनेर लुटेर, ठगेर र चोरेर केके सकिन्छ, त्यही गरेर खान्छौं, एक्लै खान्छौं।

विचरा ठुल्दाइ

च्वाँचेले भन्यो, ‘आ त्यसो हैन नानी! ती दाजुलाई सबै ठिकै छ। मान्छे विद्वान पनि हुन्। उनको कदरचाहिं कतैबाट पनि भएकै छैन। त्यसै भएर निरास जस्ता देखिएका छन्।

महान्

आमा, तपाईले गरेको यो सेवाले म प्रभावित भएँ। हजुर त मलाई जन्माउने आमाभन्दा पनि महान् हुनुहुँदो रहेछ। मैले सोच्न सकिनछु।

शिशिरागमन

उत्तर दिशाको समीरण शुष्क कठोर हिमकर्णिका बोकेर आएको छ मृदुल मुस्कान आच्छादित वन तरु लतिका शुष्क सुस्केरामा अनुदित भएका छन् पतझडको याम स्वयं बसुन्धरा पनि कठोर च्यादर ओढ्न विवश छिन्!

हर घडी उनकै मात्र याद आउँछ मनमा

भन्छ मनले सदा उनकै नाम जपूँ, जस्तै पीर–व्यथा पनि मनभित्रै राखूँ। हरघडी उनकै मात्र याद आउँछ मनमा, मनभित्रको शिलामा उनकै नाम कपूँ।

गाढा रेखा

खालि फरक छ, उनीहरू हिजो हुँदा खाने वर्गको हितको विषयमा सोच्थे। आज हुनेखाने वर्गको विषयमा सोच्दछन्। रेखा गाढा बनाउन कसिन्छन्, दासताको जाँतोले पिस्न आतुर गर्द्छन् र बाँधिएका साङ्लाहरू अझै कस्न तम्सिन्छ्न। त्यसैले रेखा अझ गाढा बन्दै गएको छ।

बाँदरहरू

म यतिबेला सभ्यता, परिवेश र विचारको बहसमा बहकिरहेको छु। बहकिंदै जाने हो भने पृथ्वीमा धारो, खोला हुँदै समुद्रसम्म पुग्न सक्छु। तैपनि जीवनको मोल भेट्न निकै कठिन छ। गाह्रो छ संघर्षको मैदानमा एक्लै लड्न। म सक्दिन होला लडे भने उठ्न पनि।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्