२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

योगफल जिन्दगीको

कविता

सीता शर्मा

 

मैले खुसीहरूको योग गरिरहें

जिन्दगी आँसु जोडिरहन्छ,

मैले उमंगहरू थपिरहें

ऊ व्यथातिर मोडिरहन्छ

निराशाहरू छोडिरहें

ऊ आशाहरू तोडिरहन्छ

डगरमा फूलहरू रोपिरहें

ऊ सिसाहरू फोडिरहन्छ

जिन्दगीलाई अभ्यास भन्न मन छ

घरिघरि योगफल बिग्रिरहन्छ।

प्रकाशित: २१ माघ २०७८ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App