२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

बालबालिकामा अल्पदृष्टिको महामारी

पछिल्लो समय संसारभर नै बालबालिका र किशोरकिशोरीहरूमा अल्पदृष्टि बढ्न थालेको छ। यसको रफ्तार यति तीव्र छ कि विज्ञ र वैज्ञानिक जगत्ले यसलाई महामारी नै घोषित गर्नुपर्ने राय दिन थालेका छन्। बालबालिकामा नजिकबाट देखिने दृश्यका लागि अचेल चश्मा अनिवार्य हुन थालेको छ। 

यो दृश्यअल्पताको समस्यालाई मायोपिया भनिन्छ। एउटा अध्ययनअनुसार, संसारभरका ५० भन्दा बढी मुलुकका ५४ लाखभन्दा बढी बालबालिका र किशोरकिशोरी मायोपियाबाट पीडित छन्। उनीहरू नजिकका अक्षर वा दृश्य पढ्न र हेर्न सक्तैनन्। यस्तो समस्या सन् १९९० मा २४ प्रतिशत थियो । सन् २०२३ मा बढेर ३६ प्रतिशत पुगेको छ । 

यस्तो समस्या विगत केही वर्षयता सुस्तरी बढेकामा अहिले भने महामारीकै स्तरमा बढ्न थालेको अध्ययनमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। बालबालिकाहरूले घरबाहिर तथा मैदानमा कमभन्दा कम समय बिताउने र स्क्रिनमा बढीभन्दा बढी समय बिताउने गरेका कारण यस्तो समस्या बढेको हुनसक्ने वैज्ञानिक तथा विज्ञहरूको अनुमान छ। 

सिएनएनका अनुसार, यस्तो समस्या पूर्वी एसियाली मुलुकहरूमा बढी छ। जापानका ८६ प्रतिशत र दक्षिण कोरियाका ७४ प्रतिशत बालबालिकाहरूमा मायोपियाको समस्या छ। अमेरिका र बेलायतमा भने जम्मा १५ प्रतिशत बालबालिकामा मात्र यस्तो समस्या रहेको देखिएको छ। 

यस्तो समस्या कम गर्नका लागि हाल एक मात्र उपाय भनेको स्क्रिन समय घटाउने, बढीभन्दा बढी घरबाहिरको खेलकूदमा बिताउने मात्र रहेको विज्ञजनको राय छ ।

 

प्रकाशित: २३ आश्विन २०८१ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App