२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

हर घडी उनकै मात्र याद आउँछ मनमा

मुक्तक

रामसुन्दर देउजा

      १) मुक्तक

थारो गाई दुहिन्छ कहाँ,

नलागी फल वृक्ष नुहिन्छ कहाँ।

उनकै सपना उनकै जपना,

टम्म भएपछि मन चुहिन्छ कहाँ।

      २) मुक्तक

पारि तर्न आन्दोलनको नाउ बनायो,

भान्छा मीठो गर्न उसले दाउ बनायो।

रोम जलिरहेछ बाँसुरी बजाइरहेछ,

जनताको मन–मनमा घाउ बनायो।

  ३) मुक्तक

तेल निकाल्न तोरी पेल्नुपर्छ,

भोक मेट्न रोटी बेल्नुपर्छ।

जिन्दगीमा आउँछन् उतारचढाव,

हर किसिमका विघ्न झेल्नुपर्छ।

    ४) मुक्तक

नबिराए नि बात लाग्न थाल्यो,

विश्वासमा नि घात लाग्न थाल्यो।

खै के भएको हिजोआज मलाई,

नपिए नि मात लाग्न थाल्यो।

    ५) मुक्तक

भन्छ मनले सदा उनकै नाम जपूँ,  

जस्तै पीर–व्यथा पनि मनभित्रै राखूँ।

हरघडी उनकै मात्र याद आउँछ मनमा,

मनभित्रको शिलामा उनकै नाम कपूँ।

प्रकाशित: २० माघ २०७८ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App