२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मुटुमा प्वाल पारेर गए

मुक्तक

नीलकण्ठ सुवेदी

     १) मुक्तक

सृष्टिकर्ता विशाल हृदयकी खानी उनै हुन्,

जीवन सज्ने संसार रचाउने रानी उनै हुन्।

अट्दैन शब्दमा महिमा नारीरत्न निधिको,

शक्ति स्वरुपिणी माता भवानी उनै हुन्।

      २) मुक्तक

एक हुल यादहरू आए कानमा साउती मारेर गए,

गहभरि आँसु भयो गम्भीर भएँ प्रश्न गरें टारेर गए।  

अतीत,विद्यमान र सुन्दर भविष्य केलाउँदै गर्दा,

आशाको त्यान्द्रो छिनाए मुटुमा प्वाल पारेर गए।

      ३) मुक्तक

मैले आँसु बगाएर बस्नु र तिमी रमाउनु सँगैं परेछ,

मेरो झुपडी चुहुनु र तिमीले महल बनाउनु सँगैं परेछ।

मेरो भाग्यमा यस्तै लेखिएको रहेछ चित्त बुझाउनै पर्यो,

यो हातले ठेला समाउनु तिमीले मोटर चलाउनु सगैं परेछ।

प्रकाशित: २१ माघ २०७८ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App