२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

समय भाग्यको खेल,जुवा न हो जिन्दगी

ढुंगा बगर बालुवामा त यो चल्दै चल्दैन,त्यो नाउलाई खोला किनारमै रहन दिऊँ। समय भाग्यको खेल जुवा न हो जिन्दगी, कहीं न कहीं चल्न बाँकी दाउ रहन दिऊँ।

अनपढ

दिदीसँग काँक्रो किनेर खाँदै गरेको एकजना बाबुले भन्यो, ‘अंकल, भित्र सभागृहमा बुद्धिजीवीहरूको भेला रहेछ। प्रोफेसर साबहरू आफूआफूमा पार्टीको समानुपातिक संसद्को सूचीमा नाम नपारेको भनेर विवाद भएछ र झडप भयो। प्रहरी पनि आइपुगिसक्यो अब त।’

खेमलाल पोखरेलका साइनो कविता संग्रह लोकार्पण

नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा खेमलाल पोखरेलका साइनो कविता संग्रह प्राज्ञ देवी नेपाल, डा तुलसी भट्टराई, प्राडा रामप्रसाद ज्ञवाली र नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन्।

गञ्जागोल

पुत्रको केशान्त संस्कार गरेको पहिलो रात तिमीहरूले उसका लागि जे चिताउँछौँ, त्यो पछि गएर पूरा हुनेछ। केशान्त संस्कार गरेको दिनको घाम डुबेपछि पुत्रलाई सफा कोठा वा पूजाकोठामा सुताउनू र भोेलिपल्टको घाम उदाउनु अघिसम्म कुनै शुभ चिताइसक्नू।

नारीकेन्द्रित कथा संग्रह ‘मोम्चो’

कथाका प्रायः घटना हाम्रो घर, समाजभित्रकै हुन् भन्ने आभास दिनु नै कथाकारको सफलता हो। वास्तवमा पत्रकारले जति सजिलोसँग यस्तो वास्तविक सत्यतथ्य घटनालाई नजिकबाट भेट्न सक्छन्, त्यति सजिलोसँग अरूले भेट्न सक्तैन। घटना भएको ठाउँमा स्वयं उपस्थित भएर विषयवस्तु टिप्न सफल पत्रकारका उदाहरण हुन् कथाकार वसन्त पराजुली।

सबैको जयहोस् पढेपछि

हजुरआमा मथुराले सविता र जयदेव सानो छँदा नै यी दुईको बिहेको परिकल्पना गरी केटी मागेकी रहिछन्। जबकि पछि मरिहत्ते गर्ने यी दुईजना त्यो बेला आँखा जुधाउन पनि जान्दैनथे। कति दूरदृष्टि मथुराको।

जगत्–मिथ्याको भुलभुलैया

मानवभित्रको काल्पनिक क्षमताले गर्दा आज संसार फरक समयमा दौडिरहेको छ। मानव जीवन हरपल खोज उन्मुख छ। लेखक कलाकार खोज र कल्पनाको समिश्रण गर्छन् र तयार पार्छन् भिन्न लोक। दीपक पराजुली त्यस्तै खोजयात्रामा लागेका लेखक हुन्, जसले जगत्–मिथ्याको सिर्जना गरेका छन्। उनको पछिल्लो उपन्यास मिथ्या जगत्–मिथ्याको भुलभुलैया यात्रा हो।

पवन आलोकको पहाड र लमतन्न समुद्रको लोकार्पण

नियात्रा समाज नेपालले डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा पवन आलोकको नियात्राकृति पहाड र लमतन्न समुद्रको लोकार्पण गरेको छ।

मूल्यांकन

तुरुन्तै बाहिरिन् र केही नगद फाल्दै भनिन्, ‘तैंले यत्तिकै लागि त सहयोग गरेकी होलिस् नि नत्र तँभित्र मानवता त कहिले पनि फिटिक्कै देखेकी थिइँन।’

‘फरैना’ उपन्यासको प्रमोशनल गीत सार्वजनिक

विश्वका धेरै देशका धेरै भाषाका गीतलाई संगीतबद्ध गरेका विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले आफूलाई उपन्यासकारको रूपमा परिचित गराउने भएका छन्।

अक्षरमार्गले गर्‍यो स्रष्टाालाई सम्मान

अक्षरमार्गले सात नेपाली र एक भारतेली सर्जकलाई सम्मान गरेको छ। अक्षरमार्ग त्रैमासिकको वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा वाङ्मयको क्षेत्रमा उल्लेखीय योगदान पुर्‍याउने सर्जकहरूलाई सम्मान गरिएको हो।

शान्ति

‘हामी सजातीय मिलौं।’ ब्वाँसोले बाँदरलाई एक्लाउने नीति ल्यायो। स्यालको समर्थनमा ब्वाँसो प्रमुख बन्न सफल भयो। यी दुई आलोपालो गरिरहे। बाँदरले प्रमुख बन्न नपाएको झोकमा स्यालको घरमा आगो सल्काइदियो। ब्वाँसो हिंड्ने बाटो भत्कायो। जंगलभरि कोकोहोलो मच्चायो।

तिम्रो याद सँगसँगै जीवन यात्रा गर्छु म

तिम्रो याद सँगसँगै जीवन यात्रा गर्छु म, तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म। नबोलाई यो मनमा जब तिम्रो याद आउँछ, आँखाअघि अचानक ठूलो उदासी छाउँछ। बेहोसिंदै लडखडाई दोबाटामै लड्छु म, तिमीलाई नै लेख्छु तिमीलाई नै पढ्छु म।

शिखर र मान्छे

तिम्रोजस्तै सायद शिखरमा पुग्नेले भुल्छ यात्राका सहयात्रीहरू अनि भुल्छ आफ्नै पाइतालाले नापेको गोरेटो भुल्छ तिर्खा मेटेको जरुवाको चिसो पानी अनि भुल्छ उकालो चढ्दा यात्रामा भर दिने लौरी र भुल्छ वर्षौं शीतल तापेका मनका चौतरीहरू।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्