२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आन्तरिक खपत र निर्यात प्रबर्द्धनका लागि पूर्वाधार बिस्तार गर्दै प्राधिकरण

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् आपूर्तिलाई भरपर्दो तथा विश्वसनीय बनाउन र बस्ती बिस्तार तथा औद्योगिक करिडोर स्थापनाको सम्भावना भएका ठाउँलाई लक्षित गरी प्रसारण तथा वितरण पूर्वाधार बिस्तार गर्न लागिएको बताए।

सेती-३ र बुढीगण्डकी प्रोक जलविद्युत् बनाउन चिलिमे कम्पनी इच्छुक

नेपाल विद्युत् प्राधिकरणको बहुसंख्यक सेयर स्वामित्व रहेको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले सेतीनदी-३ (एसआर-३) र बुढीगण्डकी प्रोक जलविद्युत् परियोजनामा लगानी गर्न लगानीबोर्डसमक्ष प्रस्ताव गरेको छ।

निजी क्षेत्रलाई विद्युत् व्यापारमा अनुमति दिन अध्यादेश ल्याउँदै सरकार

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको अनुमति दिन सरकारसँग माग गर्दै आएको छ। नेपालमा व्यवसायी र भारतीय व्यवसायीबीचमा साझा सहमति बनाएर विद्युत् व्यापारको मार्ग प्रशस्त गर्न सकिने अवस्था रहेको छ। हाल नेपाल विद्युत् प्राधिकरणले दैनिक तीन सय ६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ।

सहरी क्षेत्रमा विद्युत् प्रसारण र वितरण पूर्वाधार विस्तार गरिंदै

नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ।

छिट्टै जलविद्युत् आयोजनाको पीपीए खुल्छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङले केहीदिनभित्र १५ सय मेगावाट क्षमता बराबरको आरओआर आयोजनाहरूको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ने बताएका छन्।

गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्छः मन्त्री भुसाल

'ऊर्जाको आन्तरिक खपत बढाउनुका साथै खपत नहुने ऊर्जा निर्यात गरेर भए पनि आर्थिक विकास गर्न जरुरी छ, जलस्रोत र ऊर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक छ।' 'यस अर्थमा हामीले ९५ प्रतिशत जनतामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको मान्न सकिन्छ, उनले भनिन्, आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने गरी योजना बनाइ कार्यान्वयन भइरहेको छ।'

महसुल नतिर्ने ६ हजार बढी ग्राहकको विद्युत लाइन काटियो

ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष ०७८/७९ मा एक सय ९४ ग्राहकलाई कारबाही गरी २१ लाख ४२ हजार ४ सय ५४ जरिवाना संकलन भएको थियो। त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ।

झण्डै तीन महिनामा ६ अर्ब बराबरको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्ला ८५ दिनमा मात्रै झण्डै ६ अर्ब बराबरको बिजुली भारत निर्यात भएको छ। हाल दैनिकरुपमा करिब ३ सय ६४ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ। थप ६ सय मेगावाट बिजुली निर्यातका लागि प्राधिकरणले पहल गरिरहेको छ।

आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकता दिन्छौं: घिसिङ

नेपाल विद्युत् प्राधिकरणको ३७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले प्राधिकरणले आगामी वर्ष पूर्ण र अर्धजलाशययुक्त आयोजनालाई प्रथामिकतामा राखेर निर्माण गर्ने घोषणा गरेका हुन्।

४५ दिनमा २ अर्ब १५ करोडको बिजुली भारत निर्यात

नेपाल विद्युत् प्राधिकरणले डेढ महिनाको अवधिमा दुई अर्ब १५ करोड रूपैयाँको बिजुली भारत निर्यात गरेको छ। प्राधिकरणले भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा सो रकम बराबरको बिजुली बिक्री गरेको हो।

भैरहवा क्षेत्रका उद्योगले मागेजति बिजुली उपलब्ध गराउन संरचना तयार

रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि बुटवलको योगीकुटीबाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।

मुगुको रारा क्षेत्रमा पुग्यो बिजुली

नेपाल विद्युत् प्राधिकरणले कर्णाली प्रदेशको मुगुस्थित रारा ताल क्षेत्रमा विद्युत् आपूर्ति सुरु गरेको छ। यो समुन्द्र सतहदेखि २९९० मिटर उचाइमा अवस्थित छ।

अन्तर्राष्ट्रियस्तरको वितरण कमान्ड तथा नियन्त्रण केन्द्रको निर्माण अन्तिम चरणमा

नेपाल विद्युत् प्राधिकरणले सेवालाई अत्याधुनिक सूचना प्रविधिको भरपुर प्रयोग गरी कागजरहित बनाउने उद्देश्यका साथ आफ्ना गतिविधि केन्द्रित गरेको छ। प्राधिकरणले सेवालाई सहज, सर्वसुलभ, प्रभावकारी बनाउने लक्ष्यका साथ ‘डिजिटल एनइए’ अवधारणामार्फत काम गरिरहेको छ।

न्यू बुटवल–गोरखपुर प्रसारण लाइन बनाउन वैदेशिक लगानी स्वीकृत

नेपाल विद्युत् प्राधिकरणले नेपाल र भारतबीच विद्युत् व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्