१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

रुख काट्न नदिने प्रदेश मन्त्रीको भनाइप्रति विरोध

बाराको टाँगिया बस्तीमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटान गर्न नदिने प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले दिएको अभिव्यक्तिको विरोध सुरु भएको छ।

विमानस्थल बन्न नदिए आन्दोलन गर्ने चेतावनीसँगै प्रदेशमन्त्रीको पुतला दहन

टाँगिया बस्तीमा निर्माण हुने दोस्रो अन्तराष्ट्रिय विमानस्थलको लागि प्रदेश सरकारले रुख काट्न नदिने भनेपछि विराेध हुन थालेको छ। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश रायले कुनै पनि हालतमा रुख काट्न नदिने भन्ने अभिव्यक्तिले विरोध शुरु गरेको हाे। प्रदेश सरकारबाटै दोस्रो अन्तराष्ट्रिय विमानस्थल बन्न नदिने चलखेल शुरु भएको भन्दै निजगढमा आइतबार बेलुका मन्त्री रायको पुतला दहन गरिएको छ।

अफिसमा फेसबुक चलाउने कर्मचारीको फोटो राखेको छु, तत्काल कारवाही गर्नूः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाईल फोनमा समेत संवाद नगर्न सचेत गराएका छन्।

तीन महिनाको लागि किन बन्द भयो दैनिक ७ घण्टा विमानस्थल?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णोद्धारको दोस्रो चरणको काम आजबाट सुरु हुँदैछ। आजदेखि पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द गरी मर्मतको काम सुरु हुँदैछ।

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई काठमाडौँ बाहिरको वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन्।

सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे

इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबको १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।

अनुहार फेर्दै बुटिक एयरपोर्ट

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन चार महिना मात्र बाँकी रहँदा नेपाल आउने पर्यटकको सेवा सुविधालाई ध्यानमा राख्दै त्रिभुवन विमानस्थलले एयरपोर्ट सुधारको काममा तीव्रता दिएको छ।

सुकिलुम्बाको धावनमार्ग यही वर्ष कालोपत्रे

इलाम नगरपालिका–९, गोलाखर्कछेउमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग यसै वर्ष कालोपत्रे गरिँदैछ। धावनमार्ग, ट्याक्सी पार्कको कालोपत्रे तथा अस्थायी खालको टर्मिनल भवनसमेत अबका १४ महिनाभित्र पूरा गर्ने लक्ष्यसाथ तीव्र गतिमा काम अघि बढाइएको छ।

रुसी विमान अकस्मात मकैबारीमा अवतरण

रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुवाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरिएको छ। यात्रु र चालक दलका सदस्य गरी २३० भन्दाबढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोक्किन पुगेको थियो। चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए।

प्रहरी महानिरीक्षकद्वारा विमानस्थलमा निरीक्षण

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिएका छन्।

कश्मीरी राजनीतिज्ञ विमानस्थलबाट पक्राउ

भारत प्रशासित कश्मीरका एक राजनीतिज्ञ राजधानी नयाँ दिल्लीबाट पक्राउ परेका छन्। पूर्वकर्मचारीसमेत रहेका शाह फैसल नामका ती कश्मीरी राजनीतिज्ञलाई पक्राउ परेलगत्तै कश्मीर नै पठाइएको विवरण सार्वजनिक भएको छ।

हङकङ विमानस्थल सुचारु

प्रदर्शनकारीको प्रदर्शनका कारण दुई दिनसम्म अवरुद्ध हङकङ विमानस्थल बुधबारबाट सुचारु भएको छ। प्रशासनले अवरुद्ध विमानस्थल सुचारु गराउने प्रयास गर्दा मंगलबार राति विमानस्थलभित्रै प्रदर्शन गरिरहेको प्रदर्शनकारी र दंगा प्रहरीबीच झडपसमेत भएको थियो।

हङकङमा विमानस्थल सुचारु गरे तनाव झन् बढ्ने प्रदर्शनकारीको चेतावनी

झण्डै दुई महिनादेखि हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूले प्रदर्शन गरिरहेका छन्। हङकङ सरकारले गएको जुनमा ल्याएको सुपुर्दगी विधेयकलाई लिएर सुरू भएको हङकङको प्रदर्शन र विरोध अझै साम्य हुन सकेको छैन ।

विमानस्थल हजारौं प्रदर्शनकारीले भरिएपछि सबै उडान स्थगित

सरकार विरोधी प्रदर्शनकारीले लगातार चौथो दिन पनि विमानस्थलभित्रै प्रदर्शन जारी राखेपछि हङकङको अन्तर्राष्ट्रिय विमानस्थलले सोमबार सबै उडान स्थगित गरेको छ ।

१२ किलो सुनसहित दुई जापानी पक्राउ

बंगलादेशको राजधानी ढाकास्थित एक अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जापानी नागरिकलाई १२ किलोग्राम सुनसहित पक्राउ गरिएको विमानस्थलका एक राजश्व अधिकारीले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्