१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

रुसी विमान अकस्मात मकैबारीमा अवतरण

मस्को – रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुवाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरिएको छ। यात्रु र चालक दलका सदस्य गरी २३० भन्दाबढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोक्किन पुगेको थियो। चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए।

सो विमान मस्को सहरको झुकोप्स्की विमास्थलबाट बिहीबार बिहान उडेको थियो। क्राइमियाका लागि उडेको सो विमान विमानस्थलबाट एक किलोमिटर मात्र पर पुगेका बेला चरा ठोक्किएको थियो।  जहाजमा रहेका यात्रुमध्ये २३ जना घाइते भएका बताइएको छ। मकै बारीमा बलपूर्वक अवतरण गरिएको जहाज केही परसम्म धसारिएको अधिकारीहरुले जानकारी दिएका छन्।

यात्रुहरु सामान्य मात्र घाइते भएको बताइएको छ। यराल एयरलायन्सको सो विमानमा २२६ यात्रु र सात चालकदलका सदस्य रहेका रुसी हवाई उड्डयन अधिकारीहरुले बताएका छन्। मस्कोको क्षेत्रको झुकोप्स्की विमानस्थलबाट उडेको केही समयमै आकस्मिक अवतरण गराइएको सो विमान धावनमार्गबाट एक किलोमिटर मात्र पर पुगेको थियो। विमानस्थलको धावनमार्गबाट केही पर रहेको मकैबारीमा सो विमान अवतरण गराउनुपरेको उक्त एयरलायन्सले जानकारी गराएको छ।

विमानमा रहेका यात्रु र चालकदलका सदस्यसमेत सबैलाई उद्धार गरिएको र तीमध्ये केहीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ। रुसको स्वास्थय मन्त्रालयका अनुसार नौ बालबालिकासहित २३ व्यक्तिलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ। उपाचारको क्रममा रहेका व्यक्ति कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ।

प्रकाशित: ३१ श्रावण २०७६ ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App