१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

यात्रु अभावमा सुकेटार विमानस्थलमा उडान भएन

ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा असारदेखि उडान हुन सकेको छैन। वर्षामा मौसम खराबीका कारण उडान हुन नसकेको विमानस्थलमा अहिले यात्रु नहुँदा उडान नभएको हो।

वर्षा भोलिसम्म जारी

सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । रातिदेखि सुरु भएको वर्षा मंगलबार दिनभरि जारी रह्यो । मौसम प्रतिकूल भएपछि मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा अवरुद्ध भयो । मौसम अनुकूल नभएपछि पर्यटक बोकेर विभिन्न ठाउँका लागि उडेका ८ हेलिकोप्टरलाई काभ्रेमा आकस्मिक अवतरण गराइयो ।

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण

लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ।

खुम्बुमा सयौं पर्यटक अलपत्र

मौसम प्रतिकुलताका कारण खुम्बु पासाङल्हामू गाउँपालिका २ लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान हुन नसक्दा खुम्बु भ्रमण सकेर फर्केका पर्यटकहरु अलपत्र परेका छन्।

विस्तारका लागि आर्मी ब्यारेक सारिने

भरतपुर विमानस्थल विस्तारका लागि विमानस्थल आडैमा रहेको नेपाली सेनाको कालिबहादुर गण र घोडा प्रजनन् केन्द्रलाई स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ। विमानस्थलको अवस्था अत्यन्त जोखिमपूर्ण रहेकाले विस्तार र स्तरोन्नति गर्नुपरेको भरतपुर नगरपालिकाले जनाएको छ। चौबिसकोठीबाट पश्चिम जानेबाटो विमानस्थल र सेनाको गणको बीचमा रहेको छ।

वैदेशिक रोजगारमा जानेलाई 'पहिलो पाइला' मै दु:ख

वैदेशिक रोजगारमा जाने श्रमिकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै विभेद सुरु हुने गर्छ। वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरुलाई अध्यागमनमै त्यस्तो विभेद हुने गरेको देखिन्छ। रोजगारका लागि विदेश प्रस्थान गर्नेहरुको संख्या अनुसार अध्यागमन डेक्स नछुट्याँइदा श्रमिकहरुले पहिलो पाइलाबाटै दु:ख व्यहोर्नु पर्ने हुन्छ।

विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरुः मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक विमानस्थलभित्र सेवा सुविधा थप्ने काम सुरु भएको बताएका छन्।

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन्। सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार थाई एअरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

मुआब्जा वितरण अन्तिम चरणमा

टाँगिया बस्तीमा निर्माण गर्न लागिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले ओगट्ने नम्बरी जग्गा, त्यहाँका घर–टहराको मुआब्जा वितरण, नदी नियन्त्रण र तारबार गर्ने लगायतको कार्य अन्तिम चरणमा पुगेको बताइएको छ।

निजगढ विमानस्थलको विकल्प छैन : पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकार निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा नरहेको बताएका छन्। सरकारले जबर्जस्ती गरेर यो विमानस्थल बनाउन नखोजेको पनि उनले बताए।

अन्तराष्ट्रिय निजगढ विमानस्थलको अर्को विकल्प छैन्ः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको विकल्प अरु नभएको बताएका छन्।

सुरक्षित छैन यात्रुको सामान

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुको सामान चोरीको फेरि दोहोरिन थालेको हो। केही समय सुन्न नपाएको चोरीको घटनामा पछिल्लोपटक एउटै उडानबाट आएका तीनजना सरकारी कर्मचारी सिकार बनेका छन्।

रात्रीकालीन उडान सञ्चालन गरिने

भरतपुर विमानस्थल विस्तार र स्तरोन्नति गरी रात्रीकालीन उडान सञ्चालन गर्ने तयारी अगाडि बढाइने भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र संस्कृति, पर्यटन तथा नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थल विस्तार र सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

लुक्लाबाट उडेको तीन मिनेटमै विमानको इञ्जिन फेल

काठमाडाैंबाट पर्यटक लिएर लुक्ला आएको विमान फर्कदा खाली फर्किएको नागरिक उडड्यन प्राधिकरण लुक्लाले जनाएको छ।

जग्गा मुआब्जामा फेरि समस्या

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जग्गा विवाद सुरु भएको छ। विमानस्थलले अधिग्रहण गर्न खोजेको जग्गाका धनीले लालपुर्जा फिर्ता लगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्