१० मंसिर २०८१ सोमबार
image/svg+xml

चार दिनदेखि दुईवटा शव अस्पतालमै

सोमबार सम्पन्न सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसारको माग पूरा नभएसम्म आफन्तले मृतक दुवैजनाको शव नबुझ्ने समेत सांसद् साहको दाबी छ।

रात्रिक्लब बाहिर गोली चल्दा एक जनाको मृत्यु

अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्। प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ ।

ट्राम आक्रमणकारीको खोजी

नेदरल्यान्ड्सको अटरेच सहरका विभिन्न ठाउँ र एउटा ट्राम (सहरमा बिछ्याइएका पटरीमा चल्ने यात्रुगाडी)मा बन्दुकधारीले गोली चलाएको अधिकारीहरुले बताएका छन्। गोली लागेर कैयौं मानिस घाइते भएको र एकजनाको मृत्यु भएको आशंका गरिएको विभिन्न सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

नाइकेसहित तीनजना पक्राउ

बढैयाताल गाउँपालिका ३ स्थित गोब्रेपुरका ३५ वर्षीय मोहनलाल खटिकमाथि गोली प्रहार गर्ने घटनाका मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

सर्लाही गोलीकाण्डका एक अभियुक्त रौतहटमा पक्राउ

सर्लाहीको रामनगर गाउँपालिका ४ बहुअर्वा टोलका उपेन्द्र राय यादवलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। तीन दिनअघि नेपाली कांग्रेस र नेकपाबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।

गोलीकाण्डको कारक ‘डीएसपीको हठ’

छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फकिँदै गरेका श्रद्धालुको लर्को थियो । त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधाराका सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारवाही गर्न माग गर्दै जुलुश लगाउँदै चोकतिर आउँदै थियो।

अमेरिकामा गोलीकाण्ड मच्चाउने स्टेफन निकट महिलासँग प्रहरीको बयान

अमेरिकाको लस भेगसमा गोलीकाण्ड मच्चाउने स्टेफन प्याड निकट महिलाले प्रहरीसमक्ष बयान दिएकी छन् । उनले घटनाबारे आफूलाई प्रारम्भिक अनुमान नभएको बताएकी छन् । स्थायीरूपमा फिलिपिन्स बस्दै आएकी उनलाई सोधपुछका लागि अमेरिका बोल्याइएको हो ।

लस भेगास गोलीकाण्डमा ५९ जना मारिए, पाँच सय २७  घाइते

अमेरिकी राज्य नेभादाको लस भेगासमा गत राति एक कन्सर्टमा भएको गोलीकाण्डमा कम्तीमा पनि  ५९ जनाको ज्यान गएको छ भने अरु  पाँच सय २७  जना घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी भएको छ ।

माल्कोट गोलीकाण्डमा : चेतावनी नदिई प्रहरीबाट अन्धाधुन्द गोली

कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ।

तरहरा गोलीकाण्डका तीन अभियुक्त पक्राउ

पुरानो रिसइबी साँध्न धनकुटा चानुवाका खयर व्यापारी तोर्णबहादुर पौडेलमाथि दुई दिन अघि गोली प्रहार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मंगवबार बिहान ३ः४५ बजे इटहरी–२४ तरहराको भोजपुरे होटलमा बास बसेका चानुवा–५ का ५१ बर्षीय पौडेलमाथि संखुवासभा वानाका काठ व्यापारी बद्री रिजालको योजनामा गोली प्रहार गरेको खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्