२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाही गोलीकाण्डका एक अभियुक्त रौतहटमा पक्राउ

रौतहट – सर्लाहीको रामनगर गाउँपालिका ४ बहुअर्वा टोलका उपेन्द्र राय यादवलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। तीन दिनअघि नेपाली कांग्रेस र नेकपाबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।

सोही घटनामा आरोपित मानिएका यादवलाई नेपाल भारत सीमा क्षेत्रबाट शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको हो। रौतहट प्रहरीसँग समन्वय गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सन्तुलाल जैस्बारको नेतृत्वमा रहेको प्रहरी टोलीले यादवलाई गौर नपा २ महादेवटिबाट नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक जैस्बारले आरोपित यादवलाई नियन्त्रणमा लिइएको बताउँदै घटनामा आरोपितको खोजी भइरहेको बताएका छन्। अन्य आरोपित को को हुन् भन्ने विषयमा तत्काल बताउन नमिल्ने जैस्बारले स्पष्ट पारेका छन्। घटनाका आरोपितहरू रौतहटको नाका भएर भारततिर भाग्ने सुचना पाएपछि रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले भारतीय प्रहरीसँग समन्वय गरेर कडा चेकजाँच सुरक्षा बनाएका छन्।

सर्लाही गोलीकाण्डका अन्य आरोपितहरू भारततिर लुक्न जाने सम्भावना रहेको तथा चाडपर्वको समयमा नेपाल र भारत दुवैतिरका अपराधीहरूको गतिविधि बढ्ने सम्भावना भएकोले सीमानाकामा प्रहरीले भारतीय प्रहरीसित मिलेर कडाइ गरेको प्रहरी प्रमुख ढकालले बताएका छन्।

प्रकाशित: १७ कार्तिक २०७५ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App