१२ मंसिर २०८१ बुधबार
image/svg+xml

व्यवसायी रुप ज्योतिलाई तीन दिन थुनामा राख्न आदेश

व्यवसायी तथा पूर्व अर्थसहायकमन्त्री रुप ज्योति र उनकी छोरी सुरुची ज्योतिलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ।

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन्। उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन्।

अदालतबाट सजाय पाएका फरार अभियुक्त पक्राउ

आगलागी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक जना पक्राउ परेका छन्। जिल्ला अदालत सिरहाबाट ६ महिना कैद सजाय पाएर फरार रहेको सिरहाको मिर्चैया नगरपालिका–७ का २३ वर्षीय ऋषिकेश साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

फरार अभियुक्त पक्राउ

अङ्गभङ्ग मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सिरहाको अर्नामा गाँउपालिका–४ का ५० वर्षीय घुरनप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ।

चार करोड ६० लाख ठगी गर्ने ६ जना पक्राउ

नक्कली कागजात तयार गरी चार करोड ६० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

लागुऔषधसहित पक्राउ

जिल्लाको भेलुखेलबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर, भक्तपुरका अनुसार पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४, भेलुखेलका ४८ वर्षीय राजन भेले छन्।

फिरौती लिनैलाग्दा अपहरणकारीमाथि प्रहरीले गोली चलायो, बालकको सकुशल उद्धार

बालकको अपहरण गरेर फिरौती लिन आएका अपहरणकारीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ। अपहरित बालकलाई सकुशल उद्धार गरिएको छ।

बग्दादीकी दिदी पक्राउ

अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा गत महिना आइएस प्रमुख अल बग्दादी मारिएका थिए।

लागुऔषधसहित युवक पक्राउ

सिरहाको सीमावर्ती बरियारपट्टी नाकाबाट प्रहरीले लागुऔषधसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबाजार नगरपालिका– ४ का १९ वर्षीय विजय कुमार यादव छन्।

बग्दादीकी दिदी पक्राउ

इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ। अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए।

ज्यान मार्ने उद्योगमा फरार अभियुक्त आठ वर्षपछि पक्राउ

ज्यान मार्ने उद्योगमा फरार रहेका जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नं ३ का चन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार नेत्रावती गाउँपालिका वडा नं ४ को कटुन्जेबाट पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्