इस्तानबुल- इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ। अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए।
उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई बताएको छ।
हाल टर्कीको नियन्त्रणमा रहेको उक्त शहर सिरियाको अलेप्पो प्रान्तमा अवस्थित छ। अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ। एएफपी
प्रकाशित: १९ कार्तिक २०७६ १२:३३ मंगलबार