२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सर्लाहीमा राजपा पहिलो, कांग्रेस दोस्रो

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन अन्तर्गत सर्लाहीमा समानुपातिकतर्फ सबैभन्दा बढी मत राजपाले प्राप्त गरेको छ। आईतबार दिउँसो सम्पन्न गणना अनुसार सर्लाहीमा प्रतिनिधि सभा र पदेश सभा दुवै तर्फ राजपाले अग्रस्थान हाँसिल गरेको हो।

सर्लाही ४ मा अमरेशकुमार सिंह विजयी

सर्लाही ४ मा नेपाली कांग्रेसका अमरेशकुमार सिंह विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे।

सर्लाही २ मा महेन्द्र राय यादव विजयी

सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जंगिलाल रायलाई १०२१५ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन् ।

सर्लाहीमा स्थानीयतहभन्दा १४ प्रतिशत कम मतदान

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत साँझ ५ बजेसम्म आएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीमा ६० प्रतिशत हाराहारीमा मतदान भएको छ। दुई महिना अघि भएको स्थानीय तहको निर्वाचनमा७४ प्रतिशत मतदान भएपनि यो निर्वाचनमा भने १४ प्रतिशत कमी मतदान भएको छ।

सर्लाहीमा झडपः चार राउण्ड हवाइ फायर

सर्लाहीको २ नं निर्वाचन क्षेत्र अन्तरगत कौडेना गाँउपालिका–२ जनता मावि मतदान स्थलमा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ ।

सर्लाहीमा शान्तिपूर्ण मतदान जारी

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनअन्तर्गत सर्लाहीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रुपले मतदान भइरहेको छ । ३१८ मतदान स्थलअन्तर्गत ५१६ मतदान केन्द्रमा शान्तिपूर्ण रुपले मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।

सर्लाहीमा पूर्व सहकर्मीबीच रोचक प्रतिस्पर्धा

एक महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही क्षेत्र नं २ को निर्वाचन रोचक बनेको छ।

सर्लाहीमा व्यवसायीको गोली हानी हत्या

सर्लाहीमा एक युवकको गोली हानी हत्या गरिएको छ। कविलासी नगरपालिका–३ पिपरिया निवासी सुनिल साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो। गोली प्रहारबाट गम्भीर घाइते भएका साहको सर्लाही अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएको हो।

सर्लाहीमा सुनचाँदी व्यवसायीको हत्या

सर्लाहीमा मंगलबार राती एक सुनचाँदी व्यवसायीको हत्या भएको छ । कविलासी नगरपालिका–२ पिपरिया निवासी नागेन्द्र साहका २२ वर्षीय छोरा सुनिल कुमार साहको मंगलबार राती ८ बजे अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको लखनदेही खोलाले बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

सर्लाहीको लखनदेही खोलाको भेलले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लालबन्दी नगरपालिका वडा १२ बाट दशैंको टीका लगाएर घर फर्किने क्रममा सर्लाहीको पत्थरकोट जियाजोरस्थित लखनदेही खोला तर्दा चार जना जना बेपत्ता भएका थिए। अर्का एक जना भैंसी चराउन गएका बेला खोलाले बगाएको प्रहरीले जनाएको छ।

सर्लाहीमा ६० प्रतिशत मत खस्यो, मतदान जारी

स्थानीय तहको निर्वाचनमा सोमबार सर्लाहीमा उत्साहपूर्ण रुपमा मतदान भएको छ। कतिपय मतदान केन्द्रमा त मतदाता जमेको पानीमै घण्टौं लाईनमा बसेर मतदान गरिरहेका छन्। आईतबार राती हुरीबतास सहित ठूलो पानी परेकाले कतिपय मतदान केन्द्रमा मतदाता उभिने ठाउँमा पानी जमेको छ।

सांसद अमरेश सिंहका बडीगार्डले सर्लाहीमा गोली चलाए

नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहका बडीगार्डले गोली चलाएका छन्। सर्लाहीको बलरा वडा नम्बर ३ मा गोली चलेको हो। सो वडाको एक कार्यक्रममा कांग्रेस नेता अमरेशकुमा सिंह पुगेपछि राष्ट्रिय जनता पार्टीका समर्थकले गाडि घेरा हालेका थिए। उनको सुरक्षामा खटिएको सुरक्षाकर्मीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोली चल्दा कोही घाइते भएका छैनन्।

बारबरा शान्ति प्रतिष्ठानद्वारा सर्लाहीको दलित बस्तीमा राहत वितरण

बारबरा शान्ति प्रतिष्ठान नेपालले हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोगमा सर्लाहीको सिसौटका बाढी डुबानमा परेका चमार, डोम र मुस्लिम समुदायका १ सय १३ परिवारलाई राहत वितरण गरेको छ।

निगमले जग्गा किन्दा सर्लाहीमा १७ करोड घोटाला भएको संसदीय समितिको ठहर

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ। स्थलगत अध्ययन गर्न सर्लाही आएको संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो।

सिचाँइ अभावमा सर्लाहीका फाँट बाँझै

सर्लाही, जिगंडवा–५ का ३८ वर्षीय दुखा महतो चार बिघा खेतमा धान रोप्ने तयारीमा छन् । तर, पर्याप्त वर्षा नहुँदा आफ्नै दुई बिघा र ठेक्कामा लिएको दुई बिघा खेतमा धान रोप्न नपाएर उनी चिन्तित छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्