३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

आयल निगमले सर्लाहीमा जग्गा किन्दाको झेल

नेपाल आयल निगमले सर्लाहीमा स्थानीयलाई झुक्याएर वारेसनामामार्फत जग्गा किनेको पाइएको छ। स्थानीयले प्रतिकठ्ठा दुई लाख ७५ हजार रुपैयाँमा बेचेको जग्गालाई निगमले प्रतिकठ्ठा ९ लाख ७१ हजार रुपैयाँमा किनेको छ।

सर्लाहीबाट अपहरणमा परेका ७ वर्षे बालक भारतबाट मुक्त

सर्लाहीको बरहथवाबाट अपरणमा परेका ७ वर्षीय बालकलाई सर्लाही प्रहरीले भारतबाट सकुशल अपहरण मुक्त गराएको छ। भारतको बैरगनिया भन्दा पश्चिमबाट भारतीय प्रहरीको सहयोगमा अपरणमा संकलन अपहरणकारी सहित बरहथवा–६ का गोरु ब्यपारी पुकार यादवका ७ वर्षीय छोरा राकेश यादवलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

समन्वय समिति सर्लाहीको बोर्डमा मोर्चाले लेखे ‘प्रदेश मधेस सरकार’

जिल्ला समन्वय समिति सर्लाहीको बोर्डमा मधेसी मोर्चाले 'प्रदेश मधेस सरकार'को बोर्ड टाँसेका छन्। जिल्ला विकास समिति सर्लाहीको बोर्ड हटाएर राखिएको समन्वय समितिको बोर्डमा मोर्चाका कार्यकर्ताले 'प्रदेश मधेस सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जिल्ला विकास समितिको कार्यालल सर्लाही, मलंगवा लेखिएको बोर्ड टाँसेका छन्।

बन्दका कारण सर्लाहीको जनजीवन प्रभावित

मधेसी मोर्चाले आव्हान गरेको बन्दकाका कारण सर्लाहीको जनजीवन प्रभावित भएको छ। सदरमुकाम मलंगवा पूर्णरुपले ठप्प भएको छ । मलंगवाबाट छुट्ने सानो तथा लामो दुरीका यतायातका साधन सञ्चालन हुन सकेको छैनन्।

सर्लाहीमा महिलाको विभत्स हत्या

सर्लाहीको सहोडवा–१ मा एक महिलाको विभत्स हत्या गरीएको छ। नहर छेउमा ढुंगाले टाउ फुटाएर निर्ममता पुर्वक हत्या गरिएको इलका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए।

सर्लाहीको लगातार दोस्रो हार

आरती बिडारीको २१ रन प्रेरित काठमाडौंले कलैयामा जारी ट्वान्टी–२० महिला त्रिकोणीय क्रिकेट प्रतियोगितामा बिहीबार सर्लाहीमाथि ७ विकेटको जित हासिल गरेको छ। सोबिज मिडिया ग्रुप बिपी स्मृती कपअन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले १८.१ ओभरमा सबै विकेट गुमाउँदा ६९ रन बनाएको थियो।

दुई छोरालाई विष खुवाएर सर्लाहीमा पुनः अर्की आमाद्वारा आत्महत्या

सर्लाहीको पिपरीयामा तीन छोरीलाई विष खुवाएर एक आमले आत्म हत्या गरेको घटनाको तीन दिनपछि फेरी अर्की एक आमाले दुई छोरालाई विष खुवाएर आत्महत्या गरेकी छन्।

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

सर्लाहीबाट बंशजको अधारमा नागरिकता लिने बंगलादेशी पक्राउ

जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट किर्ते गरी बंशज नागरिकता बनाएका बंगलादेशी नागरिक पक्राउ परेका छन्। सर्लाही, मधुवनगोठ–८का मो.रकुटुव हुसेनलाई बुवा बनाएर किर्ते गरी बंशजको अधारमा नागरिकता लिने बंगलादेशी नागरिक मो.बेलाल हुसेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाहीको हरिवनमा डेंगुको त्रास

–सर्लाहीको हरिवन नगरपालिकामा डेंगुका बिरामी भेटिन थालेपछि स्थानीय त्रसित भएका छन्। हरिवन–११ नम्बर वडाबाट डेंगु आसपासका वडा नम्बर ३, ७ र ८ एक महिना यता फैलिएपछि सर्वसधारण त्रसित भएका हुन।

सर्लाहीको लखनदेहीमा बगेर बालिका वेपत्ता

चौपाय लिएर आउदै गरेकी बालिका सर्लाहीको लखनदेही खोलामा आएको बाढीमा बगेर बेपता भएका छन् । चौपाय चराएर फर्किदै गरेकी हरिपुर–९ का विसुन दयाल महराकी १३ वर्षीया छोरी सुलेखा महरा बाढीमा बगेर वेपता भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। सुलेखासँगै बाढीमा बगेकी हरिपुर–८ की रेनुका महरा सकुशल फेला परेकी छिन ।

सर्लाहीमा बस पल्टिदा १७ घाइते

सर्लाही-सर्लाहीको बहुर्अवाबाट मलंगवा तर्फ आउदै गरेको बस लखनदेही खोलामा पल्टिदा १७ जना यात्रु घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्