२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

लालबन्दी गोल्डकप : जावलाखेलले सर्लाहीलाई ट्राईबेकरमा हरायो

दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लब ललितपुर विजयी भएको छ।

लालबन्दी गोल्डकपकाे उद्घाटन खेलमा जावलाखेल र सर्लाही–११ भिड्दै

२ नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट सुरु हुँदैछ।

पचास हजार घुस सहित सर्लाहीका हाकिम पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश दासलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।

सर्लाहीका स्थानीय तहलाई साँढे चार अर्ब

संघीय सरकारले सर्लाहीका स्थानीय तहलाई चार अर्ब ६९ करोड ६० लाख रुपैयाँ बजेट छुट्याएको छ । अर्थ मन्त्री युवराज ज्ञवालीले मंगलबार संघीय सदनमा प्रस्तुत गरेको बजेट घोषणाअनुसार सर्लाहीका २० स्थानीय तहलाई उक्त रकम विनियोजन गरिएको हो । जिल्लास्थित २० स्थानीयतहलाई वित्तीय समानीकरण र सशर्त अनुदान शीर्षकमा उक्त बजेट छुट्याइएको बजेटमा उल्लेख छ।

अघोषित लोडसेडिङले सर्लाहीका उपभोक्ता हैरान

गत वैशाख ३१ गतेबाट औद्योगिक क्षेत्रको लोडसेडिङ समेत हटाउँदै नेपाल विद्युत् प्राधिकरणले मुलुकलाई लोडसेडिङ मुक्त घोषणा गर्यो । ऊर्जा मन्त्रालयले पत्रकार सम्मेलन नै आयोजना गरेर मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरेको थियो।

सर्लाही दिनभर ‘विद्युतमुक्त’

सोमबारबाट मुलुक लोडसेडिङ मुक्त भएको घोषणा गरिएको छ। तर सर्लाही भने सरकारी घोषणाविपरीत सोमबार दिनभर ‘बिजुलीमुक्त’ रह्यो। दिनभर विद्युत अवरुद्ध हुँदा उपभोक्ता मर्कामा परेका छन्। ‘दिनभर बिजुली नहुँदा रेडियो नै बन्द हुने अवस्था आयो,’ कर्मैयास्थित वागमती एफएमका स्टेशन म्यानेजर श्रवण थापाले भने, ‘सोलारले समेत नथेगेपछि रोडियो चलाउनै कठिन भयो।’

वागमतीका पुल पूरा नहुँदा रौतहट र सर्लाहीबासीलाई सास्ती

रौतहट र सर्लाहीलाई जोड्ने वागमती नदीका विभिन्न ठाउँमा बनाउन थालिएका पुल समयमा पूरा नहुँदा दुवै जिल्लाका बासिन्दालाई सास्ती भइरहेको छ। वागमती नदीमा एकैचोटि चारवटा पुल निर्माणाधीन छन्। तर यी पुल समयमा सम्पन्न नहुँदा दुवै जिल्ला हजारौं बासिन्दा लामो र घुमाउरो बाटोबाट आवतजावत गर्न बाध्य भएका हुन्।

रौतहट र सर्लाहीका लाखौँ नागरिक बाढीको उच्च जोखिममा

गत साउनमा आएको भीषण बाढीले रौतहटका दुई ठूला नदी वागमती र लालबकैयाले भत्काएका तटबन्ध मर्मत नहुँदा सर्लाही र रौतहटका दर्जनौं वस्ती जोखिममा परेका छन् । सर्लाही र रौतहटका दर्जनौं गाउँका लाखौं बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।

सर्लाहीमा गहुँ उत्पादन घट्यो

सर्लाहीमा यस वर्ष गहुँ उत्पादन घटेको छ। उखु खेती विस्तार भएकाले गहुँ खेतीको क्षेत्रफल घटेको र त्यसको असर उत्पादन परेको बताइएको छ। असिनाले पनि असर गरेको छ।

सर्लाहीमा गोलभेंडा अभाव

कात्तिकदेखि नै बजारमा आउने भएपनि हरेक वर्ष चैतमा निकै गोलभेंडा किनेर सिन्की बनाउने वा बयम (सिसाको भाँडो) मा अचार राख्दै आएकी हरिवनकी निर्मला बस्नेतले यसवर्ष भने त्यस्तो मौका पाइनन्। सदाझै यस वर्षको चैतमा पनि निकै सस्तोमा गोलभेंडा किन्ने दाउमा बसेकी बस्नेतको आशाविपरित भाउ अकाशिएपछि उनको अचार हाल्ने योजनामाथि तुषारापात लागेको छ।

सर्लाहीमा २२ सांसद

प्रतिनिधि एवं प्रदेशसभामा सर्लाहीबाट प्रतिनिधित्व गर्ने सांसदको संख्या २२ पुगेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जिल्लाबाट विभिन्न राजनीतिक दलका १० सांसद निर्वाचित भएसँगै प्रतिनिधि एवं प्रदेशसभामा गरी २२ जना सांसदको प्रतिनिधित्व भएको हो ।

सर्लाहीमा भन्टाको भार र धानको मटका चढाउनेको घुइँचो

महाशिवरात्रीका अवसरमा सर्लाहीको हरिपुरस्थित ऐतिहासिक एवं धार्मिक स्थल लक्ष्मीनाथ महादेव मन्दिर (चितायन मन्दिर) परिसरमा मंगलबार दिनभर भक्तजनको घुइँचो लागेको छ ।

प्राप्ति ‘मिस सर्लाही’

सर्लाहीमा रहेका युवतीहरुको आन्तरिक प्रतिभालाई प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको सौन्दर्य प्रतियोगिता ‘मिस सर्लाही’को उपाधि प्राप्ति उप्रेतीले जितेकी छन् । उनले उपाधिसँगै विधागत तर्फको ‘मिस पर्सनालिटी’ र ‘मिस एक्टिभ’को अवार्ड पनि पोल्टामा पारिन् ।

सर्लाहीमा मुक्तेश्वर मुर्तिया महोत्सव सुरु

सर्लाहीको ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धाममा बुधबारबाट मुर्तिया महोत्सव सुरु भएको छ। बरहथवा नगरपालिका–९ स्थित मुक्तेश्वरधाम नजिकै चौरमा आयोजित महोत्सवको नेकपा माओवादीका नेता प्रभु साह र सर्लाही क्षेत्र नं. ३का प्रतिनिधि सभा सदस्य रामेश्वर राय यादवले संयुक्त रुपमा उद्घाटन गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्