२८ कार्तिक २०८१ बुधबार
image/svg+xml

सर्लाही गोलीकाण्डका एक अभियुक्त रौतहटमा पक्राउ

सर्लाहीको रामनगर गाउँपालिका ४ बहुअर्वा टोलका उपेन्द्र राय यादवलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ। तीन दिनअघि नेपाली कांग्रेस र नेकपाबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो।

सर्लाही घटना : सरकार अन्धो र बहिरो भएको कांग्रेस आरोप, आन्दोलन घोषणा

जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमागत सोमबार र मंगलबार भएको आक्रमणमा परी आप्mना कार्यकर्ताको मृत्यु एवं घाइते घटनाप्रति सरकार अन्धो र बहिरो भएको नेपाली कांग्रेस सर्लाहीले आरोप लगाएको छ।

सर्लाही घटना : तीन दिनदेखि मृतकको शव अस्पतालमै

सर्लाहीको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिकाको बोहर्वा गाउँमा गत मंगलबार बिहान दुईपक्षबीच झडपका क्रममा गोली लागि मृत्यु भएका रामविलास महतोको शव तीन दिनदेखि अस्पतालमै रहेको छ।

सर्लाही झडप घटना : छानविन समितिले सोधपुछ थाल्यो

जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका–४, बोहर्वामा गत मंगलबार दुईपक्षबीच झडपका क्रममा  गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता स्थानीय रामविलास महतोको मृत्यु भएको लगायत घटनाको अनुसन्धान तथा छानविन गर्न गठित केन्द्रीय टोलीले सम्बन्धित पक्षहरुसँग सोधपुछ सहित काम सूरु गरेको छ।

सर्लाही घटनामा हाम्रो संलग्नता छैन : नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा गत सोमबार एवं मंगलबार भएको झडपमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेको छ।

सर्लाही घटनामा एसएसपीको नेतृत्वमा छानविन समिति गठन

नेपाली काङ्ग्रेसका कार्यकर्ता सर्लाही रामनगर गाउँपालिका–४ निवासी रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति गठन गरेको छ। बुधबार प्रहरी प्रधान कार्यालयले सो छानविन समिति गठन गरेको स्रोतले जनाएको छ।

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ता बीच झडप : गोली लागि एकको मृत्यु, सात घाइते

सर्लाहीको रामनगर गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र कांग्रेस कार्यकता बीच झडप हुँदा एक जनाकाे ज्यान गएकाे छ। झडपका क्रममा चलेकाे गाेली लागेर  एक जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्।

जमराको जुसप्रति सर्वसाधारणको आकर्षण

सामान्यतया जमारा भन्ने वित्तिकै हिन्दुहरूको महान चाड विजया दशमीका दिन कानमा सिउरीनका लागि घटस्थापनाका दिन हरेक घर–घरमा राखिन्छ। अनि विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म निधारमा टिका लगाएसँगै कानमा जमारा सिउरीनु सदियौंदेखिको प्रचलन हो।

दुई बेवारिसे शव फेला

सर्लाहीको बागमती नगरपालिका अन्तर्गत छुट्टाछुट्टै स्थानमा दुई पुरुषको बेवारिसे शव फेला परेको छ। बागमती नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती पुलभन्दा केही दक्षिण नदी किनारमा एक शव फेला परेको हो।

सर्लाही घोषणापत्र जारी गर्दै सकियो नागरिक सम्मेलन

चुरे क्षेत्र संरक्षणमा विशेष जोड दिइएको नौ बुँदे सर्लाही घोषणापत्र जारी गर्दै प्रदेश २ स्तरीय नागरिक निगरानी सम्मेलन सकिएको छ।

चोर भन्दै प्रहरीद्वारा निर्दाेषमाथि निर्घात कुटपिट

सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन्।

‘ऋण काडेर श्रीमानको किरिया गर्‍याैं, खै क्षतिपूर्ति कहिले पाईएला ?’

‘घर चलाउने मुख्य मान्छेको मृत्यु भएपछि हाम्रो बिजोग भएको छ, १३ दिने काजकिरिया पनि ऋणमा पैसा खोजेर जसोतसो गर्‍याैं, क्षतिपूर्ति पो कहिल्य पाईएला?’ हाईभोल्टेजका कारण विद्युत करेन्टबाट मृत्यु भएका जिल्लाको दक्षिणपूर्वी क्षेत्र हरिपूर्वा नगरपालिकाका नरेन्द्र चौधरीकी पत्नी किशुनदेवीको गुनासो हो यो।

लागूऔषध भित्र्याउने ‘ट्रान्जिट’ बन्दै सर्लाही

भारतबाट नेपालतर्फ लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधि भित्र्याउनका लागि सर्लाहीका विभिन्न नाकाहरू प्रयोग हुने गरेको पाइएको छ।

सर्लाहीमा करेन्ट लागेर २ को मृत्यु, एक गम्भीर

सर्लाहीमा विद्युतीय करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन्। जिल्लाको दक्षिण–पूर्वी क्षेत्र हरिपूर्वा नगरपालिका–९, बसन्तपुरको बगेबा गाउँ निवासी ३६ वर्षीय नरेन्द्र चौधरी र १४ वर्षीया सुनिता खत्वे मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय २० वर्षीया फूलोदेवी महतो गम्भीर घाइते भएकी छिन्।

चिमुसीचि कलाकारले तताए सर्लाही

नेपाली कथानक चलचित्र ‘चिमुसीचि’ कलाकारकाे टोलीले बिहीबार दिउँसो जिल्लाको प्रमुख व्यापारिक केन्द्र हरिवन र लालबन्दीमा प्रस्तुती दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्