४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रहरीले थाल्यो सर्लाही इन्काउन्टरबारे सोधपुछ

नेत्रविक्रम चन्द ’विप्लव’ का तत्कालीन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको इन्काउण्टरबारे प्रहरी प्रधान कार्यालयले गोप्य सोधपुछ तथा अनुसन्धान थालेको छ। इन्काउन्टरमा संलग्न तीनैजना प्रहरीलाई केन्द्रमा तानेर सात दिनयता अनुसन्धान थालेको हो।

करातेमा प्रदेश २ च्याम्पियन

सर्लाहीको लालबन्दीमा सम्पन्न फस्ट लालबन्दी अल नेपाल फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप २०७६ मा प्रदेश २ प्रथम भएको छ।

इन्दुशंकरमा ताला लगाउने चेतावनी

हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले प्रदूषण नियन्त्रणमा कुनै ध्यान नदिएको भन्दै आन्दोलनमा उत्रिएका स्थानीय र उद्योग व्यवस्थापनबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।

च्याउखेती गदै विद्यार्थी

सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत महादेव जनता नमूना माविमा कक्षा ९ मा अध्ययनरत छात्रा रिसिका कार्की केही दिनअघि च्याउ टिपिरहेकी थिइन्।

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाहीमा शनिबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी क्षेत्रस्थित गोडैता नगरपालिका–७, मोहन चोकमा नम्वर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मूल्य र भुक्तानी जोखिमले घट्दै उखु खेति

अहिले २० प्रतिशतले कमी आउने संघको अनुमान छ। हरेक तीन वर्षको अन्तिम वर्षमा उखु उत्पादन कम हुनेसंघको भनाइ छ।

किसानलाई तरुल खन्न भ्याइनभ्याइ

सर्लाहीमा दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा तरुलखेती हुने गरेको ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले जानकारी दिए ।

ठगीको आरोपमा ‘श्याम परदेशी’ पक्राउ

ठगीको आरोपमा श्याम परदेशी भन्ने ७६ बर्षीय श्यामकृष्ण साह कलवार आइतबार साँझ पक्राउ परेका छन्।

सर्लाहीमा आतंक मच्चाइरहेको भाले हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान

सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको एक जंगली हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान गरिएको छ। जिल्लाको पूर्वी क्षेत्र ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित लाहुरे टोल नजिक जंगलमा आईतबार बिहान एक भाले हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियो कलर झुण्ड्याईएको हो।

सर्लाहीमा बाढी र डुबानको कहर (फोटो फिचर)

गत असार २५ गतेदेखि केही दिन परेको अविरल वर्षाका कारण तराई मधेशमा बाढी र डुबानले एकसाता सम्म अस्तव्यस्त बनायो। हजारौं घर डुबानमा परे। दर्जनौंको मृत्यु भयो भने हजारौं सर्वसाधारण विस्थापित भए। केही दिनयता क्रमश जिल्लामा जनजीवन सामान्य बन्दै गएको छ। सर्लाहीको पनि डुबान भएका विभिन्न स्थानमा जनजीवन सामान्य बन्दै गएको छ।

सर्लाहीमा डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सम्पर्कविहीन, उद्धारमा समस्या

जिल्लाको दक्षिण–पश्चिम डुबान क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै सदरमुकाम मलंगवास्थित जिल्ला हेडक्वार्टरबाट सम्पर्कविहीन बनेका छन्।  नेपाल प्रहरीतर्फ प्रहरी चौकी, ईलाका प्रहरी कार्यालय जस्ता इकाई एवं सशस्त्र प्रहरीतर्पm बोर्डर आउट पोष्ट सम्पर्कविहीन भएका हुन्।

सर्लाहीको दुर्गममा बल्ल बिजुली

सर्लाहीलाई तराईको सुगम जिल्ला मानिन्छ। तर यही जिल्लाभित्र दुर्गम भनेर परिचित साबिकको नारायणखोला गाविस छ। अहिले लालबन्दी नगरपालिका–१४ मा पर्ने सो ठाउँमा बल्ल बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले शनिबार साँझबाट नारायणखोलामा विद्युत् आपूर्ति गरेको हो। बिजुली पुगेसँगै स्थानीय खुसीले फुरुंग छन्।

वर्षाले सर्लाहीका किसान हर्षित

बुधबारको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपछिको वर्षाले उखु, मकै, तरकारी लगायत बालीलाई निकै राहत पुगेको किसानले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्