४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले मृतककै पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

गृह मन्त्रालयको छानविन टोली सर्लाहीमा

जिल्ला स्थित बाँके जंगल खण्डको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध खुलाउने क्रममा प्रहरीको गोली लागि सर्वसाधारणकाको मृत्यु एवं घाइते भएको घटना छानविन गर्न गृह मन्त्रालयको टोली सर्लाही आएको छ।

डोको बेचेर जिविकोपार्जन (फोटो)

सर्लाहीको हरिवन बजारमा बिक्रीका लागि डोको बोकेर आएका चुरे क्षेत्रका महिला । उत्तरी चुरे क्षेत्रका कतिपय परिवार बाँसद्वारा डोको, डालो लगायत सामग्री बनाएर विक्री गर्दै जीविका धान्ने गरेका छन् ।

चिनी उद्योगको नाकैमा परवल खेतीको लहर

सर्लाहीको हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग छेउछाउका अधिकांश जमिन परवल खेतीले भरिभराउ छ। छेउमै चिनी उद्योग रहे पनि विगत केही वर्षयता क्रमशः उखु मास्दै किसानहरु परवल खेतीतर्फ आकर्षित बन्दै गएका छन्। केहीवर्ष अघिसम्म वरिपरीका जमिनमा उखु खेतीले घेराउ हुने ईन्दुशंकर केही वर्षयता परवलको लहराले जेलिन थालेको छ।

चार दिनदेखि दुईवटा शव अस्पतालमै

सोमबार सम्पन्न सर्वपक्षीय बैठकले गरेको निर्णय अनुसारको माग पूरा नभएसम्म आफन्तले मृतक दुवैजनाको शव नबुझ्ने समेत सांसद् साहको दाबी छ।

अस्पतालका कर्मचारीद्वारा चिकित्सककी श्रीमतीको हत्या

सदरमुकाम मलंगवास्थित सर्लाही आँखा उपचार केन्द्रका एक कर्मचारीको आक्रमणबाट सोही अस्पतालका चिकित्सकी पत्नीको मृत्यु भएको छ। आक्रमणबाट मृतकका छोरा समेत गम्भिर घाइते भएका छन्।

अत्यधिक गर्मी बढेपछि सर्लाहीमा विद्यालय बन्द

थेग्नै नसक्ने गरी गर्मी बढेपछि सर्लाहीको लालबन्दी नगरपालिकाका विद्यालयले पठनपाठन बन्द गरेका छन्। आईतबारबाट नगरपालिका भित्रका ४८ वटा सामुदायिक एवं २० वटा भन्दा बढी संस्थागत विद्यालयमा पठनपाठन बन्द गरिएको लालबन्दी नगरपालिकाले जनाएको छ।

हेलमेट नलगाई ३/३ जना चढेको दुई मोटरसाइकल आपसमा जुध्दा...

सर्लाहीस्थित छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। हरिपुर नगरपालिका–७, चिताईनमा बुधबार राती दुइटा मोटरसाइकल आपसमा जुध्दा दुबै चालकको मृत्यु भएको छ।

सर्लाहीको भैरवपुरमा ठेउला फैलियो

जिल्लाको लालबन्दी नगरपालिका अन्तर्गत भैरवपुर स्थित दलित बस्तीमा डेढ महिनादेखि ठेउला रोगको संक्रमण देखिएको छ।

दुई क्वीन्टल गाँजासहित दुई जना पक्राउ

सर्लाही प्रहरीले गाँजासहित २ जनालाई पक्राउ गरेको छ। बुधबार राति दुई क्वीन्टल १२ किलो गाँजासहित पक्राउ परेका दुई जनालाई प्रहरीले बिहीबार दिउँसो सार्वजनिक गरेको हो।

पानीमा डुबेर सर्लाहीमा दुई बालकको मृत्यु

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रकाे बरहथवा नगरपालिका–१, हजरियास्थित बागमती नदीको खर्साल घाटमा डुबेर स्थानीय उद्धव परियारका ८ वर्षीय छोरा सुशान्तको घटनास्थलमै मृत्यु भएको छ। स्थानीयका अनुसार सुशान्त साथीहरुसँगै पौडी खेल्न बागमती नदीमा पसेका थिए।

ट्रयाक्टरको ठक्करबाट सर्लाहीमा बालिकाको मृत्यु

ज१त ३९५८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका –६ सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारीकाे घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ। सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

नयाँ वर्षकै दिन सर्लाहीमा ५ जनाको मृत्यु, ४२ घाइते

बिहान सबा ५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्णप्रदेशीय वागवानी केन्द्र अगाडि बस पल्टिँदा तीन जनाको मृत्यु भएको छ। ३२ जना घाइते भएका उक्त दुर्घटनामा पाँच जनाको अवस्था गम्भीर छ।काठमाडौंबाट पूर्व जाँदै गरेको बा३ख १३१८ नम्बरको बसमा जोशी हाइड्रोपावर सिन्धुपाल्चोकका कामदा थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्