४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भेट्टाएको १ लाख रुपैयाँ फिर्ता

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय नवलपुरका सइ सूर्य कार्कीसहित स्थानीय भद्रभलाद्मीको रोहवरमा अजय र आर्यन (बाबुछोरा)ले नथुनीलाई नगद फिर्ता गरेका हुन्।

घारेले चिल्दा वन अधिकृत र वडाध्यक्षसहित ४ घाइते, हेलिकप्टरबाट काठमाडौं लगियो

सयौं घारेले चिलेका कारण सहायक वन अधिकृतसहित ४ जना घाइते भएका छन्। गम्भीर घाइते सहायक वन अधिकृत जियालाल यादवलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

सर्लाहीमा हावाहुरी, एक जनाको मृत्यु

हावाहुरीले पसलको छानो उडाएर थिच्दा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो आएको हुरीबतासले जिल्लाको दक्षिण–पश्चिम क्षेत्र अन्तर्गत रामनगर गाउँपालिका–१ स्थित एक खाजा पसलको छानोले थिच्दा स्थानीय ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको हो।

जीपको ठक्करबाट एकको मृत्यु

जिल्लास्थित श्रीपुरबाट बरहथवातर्फ आउँदै गरेको को २ च २१० नम्बरको स्करपियोले ठक्करदिँदा बरहथवा नगरपालिका–१० निवासी ७० वर्षीय महन्त रामको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुतेको ठाउँमा ट्रयाक्टरले किच्दा चालकको मृत्यु

चिनी उद्योगमा उखु बोकेर आएको एक ट्रयाक्टरका चालकलाई अर्को ट्रयाकटरले किच्दा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

आमाको किरियामा एक्ली छोरी

बरहथवा नगरपालिका–५, निवासी १८ वर्षीया स्वस्तिका सुनार हत्या गरिएकी आफ्नी आमाको किरियापुत्री बसेकी हुन्। सुनारकी आमा ३३ वर्षीया सुनिता विकको गत चैत ७ गते राती सुतिरहेको अवस्थामा खुकुरीले काटेर विभत्स हत्या भएको थियो।

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ।

टयाक्टर पल्टिँदा चालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिकामा टयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। बागमती नगरपालिका–१२ स्थित क्षेत्रीय सडकमा लु २ त ३३४३ नम्बरको ट्याक्टर पल्टिँदा सोही टयाक्टरका चालक यज्ञबहादुर बुढाथोकीको मृत्यु भएको हो।

लामखुट्टे धपाउन बालिएको आगोले तीन घर खरानी

लामखुट्टे धपाउन बालिएको घुरको आगो सल्केर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुर स्थित ३ वटा घर खरानी भएको छ ।

सर्लाहीमा जंगली हात्तीको ताण्डव

सर्लाहीमा तीन महिनादेखि जंगली हात्तीले आतंक मच्चाइरहेको छ। दिउँसो–दिउँसो जंगलमा पस्ने हात्तीहरूले रात परेपछि आसपासका बस्तीमा छिरेर विध्वंस मच्चाउने गरेका छन्। गत मंसिर १५ गते जिल्लाको उत्तरी चुरे क्षेत्रस्थित अत्रौलीको भोक्टेनीमा अचानक देखापरेका तीनवटा जंगली हात्तीले हालसम्म हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिका क्षेत्रका सयौं घर भत्काइसकेका छन्। त्यस्तै हात्तीहरूले खेतबारीका उखु, आलु, गहुँलगायत बालीनाली खाएर नष्ट पारिरहेको पीडितहरूले बताएका छन्।

कोलेनिकाद्वारा उखुको सरकारी अनुदान रकम इन्दुशंकर चिनी उद्योगलाई प्रदान

सर्लाहीका उखु किसानले सरकारी अनुदानको रकम पाउने भएका छन्। कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवाले पहिलो चरणमा ४ वटा स्थानीय तहका उखु किसानको सरकारी अनुदान रकमको चेक इन्दुशंकर चिनी उद्योगलाई प्रदान गरेको छ।

रकम लेनदेन र धम्कीमै सामसुम हुन्छन् बलात्कारका मुद्दा

गत फागुन १६ गते स्थानीय १२ वर्षीया बालिकालाई यौनदुरचार गरेको आरोपमा कविलासी नगरपालिका–१ पिपरियाका ४५ वर्षीय प्रगास मण्डल प्रहरी हिरासतमा छन्।

उखु किसानद्वारा कडा आन्दोलनको चेतावनी

२०७३ सालमा खेती गरेको उखुको २०७५ बित्न लाग्दासमेत सरकारी अनुदानबापतकै भुक्तानी नपाएपछि किसान आक्रोशित भएका छन्। गत फागुन ७ गते पूर्व–पश्चिम राजमार्ग चक्काजाम गर्दै गरेको अवस्थामा सात दिनभित्र अनुदान भुक्तानी गरिसक्ने सरकारी पक्षसँग सहमति भए पनि दुई साता बित्दासमेत पैसा उपलब्ध नगराएको भन्दै किसान नेताले तीनदिने अल्टिमेटम दिएका छन्।

घाँटी थिचेर साथीको हत्या गर्ने १८ वर्षपछि पक्राउ

कर्तव्यज्यान मुद्दाका १८ वर्षदेखि फरार अभियुक्तलाई सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको छ।

गाँजासहित युवक पक्राउ

सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्