गाँजासहित युवक पक्राउ
सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सर्लाहीको सदरमुकाम मलंगवामा गोली हानी एक युवकको हत्या गरिएको छ। प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार मलंगवा नगरपालिका–२ का ३१ वर्षीय मनोजकुमार यादवको हत्या भएको हो। शरीरका विभिन्न ठाउँमा पाँच गोली लागेको अवास्थामा आइतबार बिहान ७ बजे यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको उनले बताए।
सर्लाही सदरमुकाम मलंगवामा गोली प्रहारबाट हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मलंगवा नगरपालिका–२ निवासी ३१ वर्षीय मनोज कुमार यादवको गोली प्रहार गरी हत्या गरिएको हो। यादवको शव मलंगवा नगरपालिका–८ मा फेला परेको छ। गएराती केही मानिसले फोन गरेर बोलाइ यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मान्छे–मान्छेबीच त जसको पायो उसको जुठो चल्दैन, जुठो चिज खान घिन लाग्छ। तर सुन्दा पनि अचम्म लाग्ला– सर्लाहीस्थित दुई गाउँका बासिन्दा वर्षाैंदेखि जनावरको जुठो खान बाध्य छन्। सुरक्षित खानेपानीको व्यवस्था नहुँदा ईश्वरपुर नगरपालिका–१२ साविक कालिञ्जोर गाविसअन्तर्गत विकट चुरे क्षेत्रमा पर्ने गुइडुङ र अड्डी गाउँका बासिन्दा गाईवस्तुले मुख डुबाएकै कुवाको पानी पिउन बाध्य भएका हुन्।
सामुदायिक रेडियो सर्लाही हरिवनका स्टेसन म्यानेजर सोम दियालीमाथि अज्ञात समूहले मंगलबार बिहान आक्रमण गरेको छ। कुटपिटबाट गम्भीर घाइते दियालीलाई हरिवनस्थित स्वाभिमान अस्पतालमा प्राथमिक उपचारपछि काठमाडौं लगिएको छ।
दुई वर्षअघि खेती गरेर गत वर्ष चिनी उद्योगलाई दिएको उखुको सरकारी अनुदान नपाएपछि उखु किसान आक्रोशित भएका छन्। उखु किसानहरुको छाता संगठन नेपाल उखु उत्पादक महासंघले एक साताभित्र सरकारी अनुदान नपाए पूर्व–पश्चिम राजमार्गमा चक्काजामसहितको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ।
‘उद्योगलाई दिएको उखुको पैसा वर्षौंदेखि नपाउँदा छोराछोरीलाई राम्रो कलेजमा पढाउन सकिएको छैन, राम्रो घरानामा छोरीको विवाह गर्न पाइएको छैन, विवाह गर्दिन नसक्दा छोरीहरु पोइल जान थालिसके, छोराले बन्दुक बोकेर डाका डाल्नुपर्ने अवस्था आइसक्यो, ऋणमा चुर्लुम्म डुबिसकियो,’ बुधबार सर्लाहीको पश्चिम धनकौलस्थित अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज परिसरमा भेटिएका उखु किसान जयमंगल महतोले रुँदै भने, ‘अब आत्मदाह गर्नुको विकल्प छैन।’
सर्लाहीको लालबन्दी नगरपालिकाका एक वडाअध्यक्षले राज्यबाट पाउने आफ्नो तलबभत्ता परोपकारी काममा खर्च गरिरहेका छन्। लालबन्दी–१७ का वडाअध्यक्ष नवराज अधिकारीले आफ्ना वडाका विपन्न वर्गलाई विभिन्न सहयोग गर्ने गरेका हुन्। यसै क्रममा मंगलबार उनले स्थानीय दुई विद्यालयका विद्यार्थीका लागि १ सय ४२ थान सुइटर सहयोग गरेका छन्।
जिल्लाको दक्षिणी क्षेत्र स्थित कौडेनामा ट्याक्टरको ठक्करबाट आइतबार १५ महिने बालिकाको ज्यान गएको छ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका–१२ काे बाके जंगलखण्डमा रोकी राखेको रात्रीबसलाई ना५ख ७१२९ नम्बरको ट्रकले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौबाट इलाम जाने क्रममा सापट बिग्रेर रोकेको ना४ख ९७५४ नम्बरको बसलाई बिहान २ बजे ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१२, कर्मैया निवासी एक युवकको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।
सर्लाही स्थित बरहथवामा केही दिन अघि निजी विद्यालय संचालक हत्यामा संलग्न आरोपित अभियुक्तले ३ हजार रुपैंया लिएर घटना गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पेशेवर हत्याराले लाखौं लिएर हत्याको सुपारी लिने गरेको समाचारहरु आउने गरेको भएपनि बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिक महतोको हत्याका आरोपीले योजनाकारसँग ३ हजार रुपैंया मात्रै लिएर घटना गराएको देखिएको हो।
सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ। बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो।
जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपीट एवं गोली लागि एकजनाको मृत्यु र ७ जना घाइते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुष विहिन भएको छ।
जिल्लाको रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा आफ्ना कार्यकर्ताको हत्या एवं घाईते भएको घटनाप्रति सरकार उदासिन भएको भन्दै नेपाली कांग्रेस सर्लाहीले विरोध स्वरुप शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ।