६ आश्विन २०८१ आइतबार
image/svg+xml

खैरहनी नगरपालिका कर्मचारी विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मानसिक समस्या जटिल बन्दै, तनाव व्यवस्थापन नगरे बल्झने समस्या अधिक

एक्लोपनका कारण उनी मानसिक समस्याबाट ग्रसित हुँदै गइन्। अहिले उनी खैरहनीमै रहेको ब्यूटिफुल माइण्ड इन्स्टिच्यूट अफ साईक्याट्रीमा स्वास्थ्य उपचार गराइरहेकी छिन्।

स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ।

असार ६ गतेदेखि मल वितरण गरिने

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन्। रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ।

चितवनमा महिला जनप्रतिनिधिको संख्या खुम्चिदै

चितवनमा स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिको उपस्थिति न्यून रहेको छ। जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखमा ५ जनामात्र निर्वाचित भएका छन्। २ पालिका प्रमुख र ३ पालिकामा उपप्रमुख पदमा महिलाले जितेका छन्।

विषादी छर्न फुच्चे ‘हेलिकप्टर’

यो ड्रोन परियोजनाको सहयोगमा भरतपुर २५ मा रहेको युवा आधुनिक सामूहिक खेती समूहले गरेको हो। समूहले १५ लाख रूपैयाँमा यो ड्रोन खरिद गरेका हुन्। त्यसमध्ये उनीहरूको साढे २ लाख रूपैयाँ परेको छ। बाँकी रकम परियोजनाले सहयोग गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्