१ मंसिर २०८१ शनिबार
image/svg+xml

घरछेउकै स्कुल जाँदैनन् विद्यार्थी

रोल्पा नगरपालिका माडीचौर पहाडको ठाउँ भए पनि समथर छ। बाक्लो बस्ती रहेको यो गाउँ सदरमुकाम लिवाङपछिको सुगम गाउँ मानिन्छ। माडीचौरमै जन्मे हुर्केका वर्षमान पुन अहिले ऊर्जामन्त्री छन् भने उनकी पत्नी ओनसरी घर्ती पटक पटकका सरकारमा मन्त्री र एक कार्यकाल सभामुख पनि बनिन्।

परिवार नियोजनको साधन बन्दै गर्भपतन

यो आर्थिक बर्षमा करिब १० हजार बिरामीलाई स्वास्थ्य सेवा दिइसकेको पूर्वी रोल्पाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर यतिबेला सकसमा छ। पर्याप्त कोठा र आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। त्यसो त गाउँ गाउँमा रहेका निजी अस्पताल र मेडिकलहरुले जथाभाबी एन्टिबायोटिक प्रयोग गराउने गरेका कारण उपचारमा कठिनाई थपिएको हो। कतिपय बिरामी त रोग बिग्रिएपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने गरेका छन्।

सकसमा सहिद परिवार : ‘उहिले कसरी बाच्ने भन्ने लाग्थ्यो, अब कसरी मर्ने भन्ने पिर छ’

सदरमुकाम लिवाङबाट दर्जनौ पहाडहरु काटेपछि २० कोष टाढा एक दिनको पैदल यात्रा पछि पुगिन्छ रोल्पाको जेलबाङ। मगर र दलितहरुको बसोवास रहेको यहाँ तत्कालिन माओवादी युद्धका समयमा ७३ जनाले ज्यान गुमाएका थिए। यो माओवादी युद्धताका प्राय सबै केन्द्रीयदेखि तल्लो स्तरसम्मका नेताले टाउको लुकाएको गाउँ हो। अत्याधिक गरिबीमा हुर्किएका जेल्बाङीहरु सोझा र इमान्दार त छन नै परिश्रमी पनि धेरै छन्।

नहरमा युवाको शव भेटियो

रोल्पा सदरमुकाम नजिक एक युवा मृत अवस्थामा भेटिएका छन्। रोल्पा नगरपालिका ७ माडिचौर परेमा खोला सिँचाई आयोजनाको नहरमा युवकको शव भेटिएको हो। प्रहरीका अनुसार अन्दाजी १७/ १८ वर्षको जस्तो देखिने व्यक्तिको शव शनिबार बिहान भेटिएको थियो। स्थानीयले शव देखेपछी प्रहरीलाई खवर गरेका थिए।

शौचालयमा औषधि भण्डारण

प्रयाप्त जनशक्ति र भौतिक संरचना गतिलो नहुँदा रोल्पाका अधिकांश स्वास्थ्य संस्था आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बिभिन्न समस्या झेल्ने गरेका छन्। कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै कतै सामान्य रुपमा चाहिने पुर्वाधार समेत छैन्।

प्रादेशिक तेक्वान्दो प्रतियोगिता सम्पन्न

रोल्पाको परिवर्तन गाउँपालिकाको रांङसीमा प्रथम सिनियर तथा जुनियर प्रादेशिक आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको आयोजनामा भएको उक्त खेल पुस २७ देखि २ दिन सम्म चलेको थियो। प्रदेश न. ५ का १२ जिल्लाका खेलाडी सम्मेलित खेलको औपचारिक उद्घाटन प्रदेश सांसद दिपेन्द्र पुनले गरेका हुन।

कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु, ४ घाइते

रोल्पाको त्रिबेणी गाउँपालिका ४ निगालपानीमा मंगलवार कपडा पेल्ने मेसिन पड्किदा एक जनाको मृत्यु भएकाे छ।

रोल्पामा बस पल्टियाे, २ जनाको मृत्यु

रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा साेमबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस सडकबाट करिब ५० मिटर तल खसेको हाे।

चन्द नेतृत्वकाे नेकपा निकट शिक्षक संगठनका एक शिक्षक पक्राउ

रोल्पा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसिलाई पक्राउ गरेको छ। आधारभुत बिद्यालय सल्लीबोटका शिक्षक केसिलाई आइतवार बिद्यालयबाटै पक्राउ गरिएको हो।

नीति बिनाका स्थानीय सरकारः डोजरमा मात्रै देख्छन् विकास

सिंहदरबारले गाउँ देखेन, गाउँको पहुच सिंहदरवार सम्म पुगेन भन्दै ठूलो अपेक्षाका साथ गाउँमै भित्राइएको संघीय शासन प्रणालीको स्वरुप स्थानीय सरकारले नयाँ काम गर्न नसकेको जनगुनासो आउन थालेको छ।

मृत अवस्थामा भेटिए एक युवक

पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका दोम्फे नजिक लुङ्ंग्री खोलामा अन्दाजि २८ वर्षीय सूर्य बुढाथोकी मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

श्रीमती पीडित पुरुष धाउन थाले अदालत

रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ।

निजी स्रोतका शिक्षककाे भरमा रोल्पाका विद्यालय

जिल्लाका अधिकांश विद्यालय लामो समयदेखि निजी स्रोतका शिक्षकबाट सञ्चालन भइरहेका छन्। सरकारले दरबन्दी नदिँदा शिक्षक अभावमा कतिपय विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। जिल्लाका एक सय एक प्राथमिक विद्यालय, ६७ निम्न माध्यमिक विद्यालय र ६४ माध्यमिक विद्यालयमा शून्य दरबन्दी छ। बाँकी एक सय ७५ विद्यालयमध्ये अधिकांशमा न्यून दरबन्दी छ। यी सबै विद्यालयमा निजी स्रोतका शिक्षकले मात्र पठनपाठन गराउँदै आएका छन्।

प्रहरी निगरानीमा रोल्पा सदरमुकाम

रोल्पा सदरमुकाम लिबाङको वजार क्षेत्र बुधवार देखि प्रहरीको निगरानीमा रहन थालेको छ। रोल्पा प्रहरीका अनुसार बजारमा हुने विकृति तथा अपराधलाई केन्द्रविन्दुमा राख्दै बजार क्षेत्रका १० स्थानमा सिसी क्यामेरा जडान गरिएको छ।

९ किलो चरेशसहित महिला पक्राउ

रोल्पा प्रहरी ठुलो मात्रामा लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ। रोल्पा थवाङबाट दाङ जाँदै गरेको रा १ ख ७४२ नम्बरको बसमा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा माडि गाउँपालिका घर्तीगाउँ बजारबाट एक महिलासहित ९ किलो चरेश प्रहरीले बरामद गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्