१ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

प्रहरी निगरानीमा रोल्पा सदरमुकाम

सिसी टीभी क्यामेरामा देखिएकाे दृष्य। तस्बिर : दिनेश/नागरिक

रोल्पा - रोल्पा सदरमुकाम लिबाङको वजार क्षेत्र बुधवार देखि प्रहरीको निगरानीमा रहन थालेको छ। रोल्पा प्रहरीका अनुसार बजारमा हुने विकृति तथा अपराधलाई केन्द्रविन्दुमा राख्दै बजार क्षेत्रका १० स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल र निगरानी जिल्ला प्रहरी कार्यालयले गर्नेछ। रोल्पा सदरमुकाममा जडान गरिएको सिसी क्यामेराको बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ। रोल्पा पुगेका प्रदेश न. ५ का प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले उद्घाटन गरेका हुन्। 

उद्घाटन गर्दै डिआईजी अधिकारीले टेक्नालोजीको प्रयोगले अपराध नियन्त्रणमा सहजता आउने बताए। रोल्पा नगरपालिका, रोल्पा उद्योग बाणिव्य संघ, बैंक लगाएतको आर्थिक पहलमा क्यामेरा जडान गरिएको हो। करिब ११ लाखमा क्यामरा जडान सम्पन्न भएकाे हाे।

 

प्रकाशित: ५ मंसिर २०७५ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App