६ आश्विन २०८१ आइतबार
image/svg+xml

स्थानीय र केन्द्रीय निर्वाचनमा मतदान प्रवृत्ति उस्तै

सात महिनाअघि सम्पन्न स्थानीय निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि मतदाताले आफ्नो मत ठूला दलहरुलाई दिएका छन् । यसै वर्षको वैशाख, असार र असोज गरी तीन चरणमा सम्पन्न स्थानीय निर्वाचन र मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको हालसम्म घोषित परिणाम हेर्दा मतदाताको शैलीमा खासै परिवर्तन आएको देखिँदैन ।

प्रदीप पौडेलद्वारा पुनः मतदान माग

तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्।

पर्सामा अपेक्षाभन्दा शान्तिपूर्ण मतदान

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचन मध्ये तराईको जिल्ला पर्सामा सोचेभन्दा बढी शान्तिपूर्ण किसिमले सम्पन्न भएको छ । गत मधेस आन्दोलनको प्रमुख केन्द्र रहेको पर्सा जिल्लालाई संवेदनशील ठानेर सुरक्षा निकायले यहाँ निकै सतर्कता अपनाए पनि सहरदेखि गाउँसम्म मतदान भने निकै शान्तिपूर्ण भएको छ ।

नवलपरासी पश्चिम र पूर्वमा ७० प्रतिशत मतदान

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ७० प्रतिशत मतदान भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सबै मतपेटिका मतगणनास्थल सदरमुकाम परासीस्थित आर्दश माविमा ल्याउने क्रम जारी रहेको नवलपरासी पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए। आज रातिसम्म सबै मतपेटिका संकलन गरी दलहरुको सहमतिअनुसार मतगणना शुरु गरिने उनले बताए।

अर्घाखाँचीको मधुरा नन्दराम मावि मतदानस्थलको 'ख' केन्द्रमा पुन मतदान हुने

सन्धिखर्क नगरपालिका वडा नं. ५ मा रहेको मथुरा नन्दराम मावि मतदान स्थलको ख नं. मतदान केन्द्रमा पुन मतदान हुने भएको छ। निर्वाचन अधिकृतको हस्ताक्षर बिनाको मतपत्रमा मतदान गर्न लगाएपछि कांग्रेस कार्यकर्ताले मतपत्र जालाउनुका साथै मतपेटिका समेत फालेका थिए। मतपत्र जलाएपछि सो मतदान स्थल दिनभर तनावग्रस्त बनेको थियो।

सर्लाहीमा स्थानीयतहभन्दा १४ प्रतिशत कम मतदान

प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत साँझ ५ बजेसम्म आएको प्रारम्भिक जानकारी अनुसार सर्लाहीमा ६० प्रतिशत हाराहारीमा मतदान भएको छ। दुई महिना अघि भएको स्थानीय तहको निर्वाचनमा७४ प्रतिशत मतदान भएपनि यो निर्वाचनमा भने १४ प्रतिशत कमी मतदान भएको छ।

विदेशिएका र मृतकका नाममा मतदान गरेको आरोपमा पुनःमतदान माग

मृतक, विदेशिएका र निर्वाचन कर्मचारी भएर अन्यत्र गएकाको नाममा मत हालेको भनी पुनःमतदान गर्न माग गर्दै आज दुई स्वतन्त्र उम्मेदवारले प्रमुख निर्वाचन अधिकृतसमक्ष उजुरी गरेका छन्।

पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान

इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गरेका छन्।  उनीहरूले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिए।

अपराह्न ३ बजेसम्म ५७ प्रतिशत मतदान

निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अपराह्न ३ बजेसम्म करिब ५७ प्रतिशत मतदान भएको जनाएको छ।

मतदान गर्न किरियापुत्रीको लर्को (फोटो फिचर)

किरियापुत्री बसेका दर्जन मतदाताहरूले धरान उपमहानगरपालिका ६ स्थित एउटै मतदान केन्द्रमा मतदान गरेका छन्।  ऐतिहासिक प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन भएकोले आफ्नो मताधिकार सुरक्षित गर्न र योग्य उम्मेदवार चयन गर्न मतदान गरेको किरियापुत्री बसेका मतदाताहरूले बताएका छन् । सुनसरी निर्वाचन क्षेत्र नं १ अन्र्तगत पर्ने सरस्वती उच्चमाविस्थित मतदान केन्द्रमा उनीहरूले मतदान गरेका हुन्।

राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

कोटेश्वरका किरियापुत्री शर्माले मतदान केन्द्रमा व्यक्त गरे यस्तो आशा (भिडियो)

मुलुकमा नयाँ संविधानअनुसार प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन भइरहँदा कोटेश्वरका हरिप्रसाद शर्मा आमाको मृत्युमा किरिया बसिरहेका थिए। बिहीबार उनी सेतो लुगामै कोटेश्वर बहुमुखी क्याम्पसस्थित मतदान केन्द्र पुगे।

किरियापुत्री कविले गरे मतदान

आमाको काजकिरिया गरिरहेका इलामका युवाकवि विमल वैद्यले मतदान गरेका छन् । उनले नगरपालिका–७ को बालमन्दिर विद्यालयको केन्द्र (क) बाट केहीबेरअघि मतदान गरेका हुन्।

सत्र मलामीले मतदान गरे

जिल्लाको रम्भा गाउँपालिका–२ पश्चिमकोटमा १७ मलामीले मतदान गरेका छन्।  रम्भा गाउँपालिका–२ बक्सिङकोट सुरुङडाँडा ८५ वर्षीया टकिसरा सिंजालीको आवज मृत्यु भएको थियो । मलामी जानु अघि उनीहरुले स्थानीय मेहन्द्र आधारभूत मतदान केन्द्रबाट मतदान गरेका हुन्।

एउटै केन्द्रबाट तीन नेताको मतदान

मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए। इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्