३१ वैशाख २०८१ सोमबार
image/svg+xml

चार दिनदेखि हराएकी महिलाको शव फेला

इलाम नगरपालिका–८, सिङफ्रिङमा महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय अन्दाजी ३१ वर्षीया विनिता काफ्लेको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

इलाममा आँखा अस्पतालको सेवा सुरु

अस्पताल व्यवस्थापनका लागि कार्यविधि बनाइएको नगर प्रमुख बस्नेतले बताए। जनशक्ति व्यवस्थापनमा चाहिँ चुनौती भइरहेको नगरले जनाएको छ।

प्रदेश १ मा ३२२ जना संक्रमित थपिए , ५ जनाको मृत्यु

प्रदेश १ मा शनिबार २ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५० महिला र १ सय १५ पुरुष रहेका छन्।

इलाम नगरमा भाडा र शुल्क छुट

दोस्रो लहरको कोभिड–१९ संक्रमणका बेला नागरिकलाई सहुलियत दिन इलाम नगरपालिकाले विभिन्न शुल्कमा छुट दिएको छ । नगरले खानेपानी शुल्क, भ्युटावर र सटर/पसलको भाडामा छुट दिने घोषणा गरेको हो ।

इलाम नगरलाई २ सय ३० कर्मचारी चाहिने

इलाम नगरपालिकाले स्थानीयलाई सेवा दिन नगरलाई २ सय ३० कर्मचारी दरबन्दी आवश्यक रहेको जनाएको छ। नगरपालिकाले प्रत्येक वडामा कम्तीमा ३ कर्मचारी आवश्यक रहेको भन्दै संघीय सरकारलाई सुझाव पठाउँदैछ।

पेट्रोलियम पदार्थमा पनि स्थानीय निकायको कर

प्रदूषण नियन्त्रण शुल्क भन्दै  इलाम नगरपालिकाले डिजेल र पेट्रोलमा  प्रतिलिटर ५० पैसा कर लगाएको छ । नगरपालिकाले डिजेल र पेट्रोल उपभोग गरबापत कर उठाउन थालेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्