५ आश्विन २०८१ शनिबार
image/svg+xml

बाघ संरक्षणमा सर्वत्र चासो मान्छे खाँदा सबै मूकदर्शक

मंगलबार निगुरो टिप्न गएकी ६२ वर्षीया डल्ली रावत बाघ आक्रमणमा परिन्। उनको शव बघौरा फाँटामा भेटियो। ६ महिनाको अवधिमा मधुवन–३ मा पर्ने भग्रैया र धनौरा गाउँका पाँचजनालाई बाघले खायो। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ र ४ वडामा चारजनाकोे बाघले आक्रमण गर्दा ज्यान गयो।

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट आज दिउँसो एक महिलाको मृत्यु भएको छ। मधुवन नगरपालिका–३ कि २८ वर्षिय रेनुका सुनारको बाघको आक्रमणबाट मृत्यु भएको हो। मधुवन नगरपालिका—३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको बिचबाट दिउँसो १ बजेर ५० मिनेटको समयमा घाँस काट्न जाँदै गरेको अवस्थामा पाटे बाघले भम्टेर लगेको हो।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्र अन्तर्गत निकुञ्जको मुख्य क्षेत्रमा भाले गैँडा मृतावस्था फेला परेको छ। निकुञ्जको शहरी क्षेत्रमा पर्ने नारायणी नदीको कलकत्ता टापुमा करीब ३० वर्षीय भाले गैँडा मृत फेला परेको हो।

कैलालीमा जताततै बाघ !

गत माघ ३० गते कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगल हुँदै अण्डैया पुग्यो। अण्डैया–मट्कौना–तालबन्द–सालघारी क्षेत्रमा पुगेको बाघ अहिले सोही क्षेत्रलाई आफ्नो पेरिफेरि बनाउँदै घुमिरहेको छ।

बाघले मान्छे लग्यो, खोजी कार्यका निकुञ्जको हात्तीसहितको टोली परिचालन

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघले मान्छे लगेपछि खोजी कार्यका लागि निकुञ्जको हात्तीसहितको टोली परिचालन गरिएको छ। सामुदायिक वनमा भैसी चराउन गएकालाई पाटे बाघ आक्रमण गरेको खबर प्राप्त भएपछि हात्ती सहितको निकुञ्जको टोली परिचालन गरिएको राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख रविन कडरियाले वताए।

वर्षौंदेखि कैलालीमै छ बाघ

फागुन २ गते गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको पाटेबाघका कारण मृत्यु भएपछि साँच्चै यो बाघ कहाँबाट आयो भन्ने कौतुहलता जाग्न थालेको छ । धेरैले पाटेबाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने अनुमान लगाउन थालेका छन् भने एकथरीले वर्षौदेखि कैलालीकै राष्ट्रिय तथा सामुदायिक वनमा पनि बाघ रहँदै आएको दावी गर्न थालेका छन् । तर, यसैबीच कैलालीमा पुस्तौदेखि बाघ रहँदै आएको संरक्षणकर्मीहरुले बताएका छन् ।

बाघको छालासहित दुई पक्राउ

रा ४ प ८८४७ नम्बरको मोटरसाईलकमा सवार उनिहरुले झोला भित्र बाघको छाला लुकाएका थिए । प्रहरीका अनुसार उनिहरुको ब्याग खानतलासी गर्दा ४ फिट लम्बाई र ५ ईन्च चौडाई रहेको बाघको छाला फेला परेको थियो ।

स्थायी बसोबास खोज्दै बाघ (अपडेट)

पछिल्ला वर्षहरुमा नेपालमा बाघको संख्या वृद्धि भएसँगै स्थायी बसोबासका लागि नयाँ स्थान खोज्न थालेका छन् । नयाँ वयस्क बाघहरु स्थानको खोजी गर्दै पुख्र्यौली थलो फर्कन थालेका हुन् । बाघको पुख्र्यौली बासस्थान कैलालीको वसन्ता करिडोरसँगै जोडिएको सहायक जैविक मार्ग मोहनपुर–अण्डैया–तालबन्द–राजघाट क्षेत्र भएकाले यो क्षेत्रमा स्थायी बसोबासका लागि बाघ घुम्न थालेको हो । ‘यो क्षेत्रमा बाघ पहिल्यै थियो, बीचमा बाहिर गएको बाघ पुनः घना जंगल र आहारामा वृद्धि भएपछि स्थायी बासस्थान खोज्दै फर्केको छ,’ संरक्षणका क्षेत्रमा काम गर्दै आएका सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटाले भने,‘बाघ यहाँ स्थायी बासस्थानका लागि घुमिरहेको छ ।

पुस्तैनी बाटोमै फर्कियो बाघ

माघ अन्तिम सातादेखि कैलालीवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर बाघको ओहोरदोहोर भने त्यस क्षेत्रमा नयाँ होइन। पुस्तैनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कलझुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद् बताउँछन्।

पुस्तौनी बाटोमै फर्कियो बाघ !

माघ अन्तिमसातादेखि कैलालीको मध्यवर्ती क्षेत्रको जंगलमा पाठे बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन् । तर, बाघको ओहोर दोहोर भने त्यसक्षेत्रमा नयाँ होइन् । पुस्तौनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कल झुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद्हरु बताउँछन् ।

बाघको आक्रमणबाट महिलाको ज्यान गयो

कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। बाघको आक्रमणले गौरीगंगा नगरपालिका–५, अण्डैयाकी २५ वर्षीया कला धामीको मृत्यु भएको हो। घाँस काट्न जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो। बाघले लगेको ठाउँभन्दा केही पर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी गराए।

नेपालकै अग्लो स्थानमा भेटियो जंगली पाटेबाघ

नेपालमा हालसम्मकै अग्लो उचाइमा जंगली पाटेबाघ फेला परेको छ। ३ हजार १ सय ६५ मिटरको उचाइमा इलामको सन्दकपुर गाउँपालिकामा स्वचालित क्यामेरा मार्फत जंगली पाटेबाघको तस्बिर खिचिएको हो।

बाघ–मानव द्वन्द्व: समाधानका मार्ग

बिहानको पारिलो घाम तथा सूर्यास्तको वरिपरि बाघ सिकार गर्न सक्रिय देखिन्छ, सोही समय बाघको बासस्थान वरिपरि च्याउ, निउरो र घाँसपात संकलन गर्ने मानिसलाई बाघले आक्रमण गरेको घटना सुनिन्छ।

बाघसँगको गहिरो प्रेम, जसलाई लियोनार्दा डिक्याप्रियोले पनि भेटे

बाघ आक्रमणमा परेर आँखा गुमाउँदा संसारै अध्यारो भएको पीडा त हुन्छ नै, त्यो भन्दा बढी आफूलाई आक्रमण गर्ने बाघप्रति आक्रोस सबैमा उठ्ने गर्छ। बाघको आक्रमणमा परेर महिनौँ दिन अस्पतालमा छट्पटाउँदा पनि कमै मान्छे हुन्छन् आक्रमणकारीलाई बचाएर राख्ने सोच बनाउने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्