राप्रपा विधानबाट हटाइयो 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र'
निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट 'संवैधानिक राजतन्त्र' र 'हिन्दु राष्ट्र' हटाएको छ। आयोगले फागुन पहिलो साता भएको राप्रपा एकता महाधिवेशनबाट पारित विधानको 'पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र तथा राजसंस्थासहित' वाक्यांश हटाएर विधान स्वीकृत गर्ने निर्णय गरेको हो।